सशस्त्र प्रहरीका बाहिनीपतिको सरुवा
सशस्त्र प्रहरी बल नेपालका उपत्यका र विभिन्न जिल्लाका बाहिनीपतिको सरुवा गरिएको छ । बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार नौ सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतलाई बाहिनीपतिका रुपमा काज सरुवा गरिएको सशस्त्र प्रहरी बल नेपालले एक सूचना जारी गरी जनाएको छ ।
प्राप्त विवरणअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको कार्य तथा सीमा सुरक्षा विभागमा रहनुभएका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता राजु अर्याललाई सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय खटाइएको छ ।
यस्तै सशस्त्र प्रहरीको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेललाई नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, सप्रनाम चन्द्रप्रकाश गौतमलाई कार्य तथा सीमा सुरक्षा विभागबाट नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी पठाइएको छ ।


सप्रनाम कृष्णभक्त बज्राचार्यलाई छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका हरिशङ्कर बुढाथोकीलाई पनि कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
यस्तै सप्रनाम हरिश्चन्द्र अधिकारीलाई नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अभिकुमार खत्रीलाई नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँबाट नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा निमित्त बाहिनीपतिका रुपमा सरुवा गरिएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


