ससुरा-ज्वाईको परिवारकै हत्या पारिवारिक रिसइवी हुनसक्ने, हत्यारा मुकुण्डो लगाएर आएका

21 May, 2019 14:59 |जन सरोकार | comments | 23250 Views

    सोमबार राति पाँचथर जिल्लाको मिक्लाजुङ–३, आरुबोटेमा दुई नातेदार परिवारका नौ जनाको हत्याको कारण पारिवारिक रिसइवी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । पाँचथर प्रहरीले यसको अनुसन्धान भइरहेको जनाएको छ ।

    adsads

    प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको जानकारी दिनुभएको छ ।

    अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।

    सो हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको घटनाकी प्रत्यक्षदर्शी १२ वर्षीया किशोरी सीता खुजुमले प्रहरीलाई बयान दिएकी छन् । सीताका अनुसार, धारिलो हतियारसहित आएका समूहका सबैले मुकुन्डो लगाएका थिए ।

    अज्ञात समूहको निशानामा परेकी सीताको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम पुर्याएको छ ।

    हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

    त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

    पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ । जिल्ला प्रहरीको टोली त्यसतर्फ गइरहेको र हत्या कसले र किन गरेको भन्ने खुलिसकेको छैन ।

    पाँचथरको मिक्लाजुङमा दुई परिवारका नौ जनाको विभत्स हत्या

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!