सहकार्य र एकताले नै विकास सम्भव छ : मुख्यमन्त्री राउत

19 October, 2019 23:28 |प्रदेश , प्रदेश २ | comments | 4500 Views

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सहकार्य र एकताले नै राष्ट्र विकास सम्भव हुने बताउनुभएको छ । उहाँले एक अर्काको खुट्टा तान्ने प्रवृत्ति भएको समाजमा उन्नति गर्न नसकिने भएकाले एकता र भाइचाराले नै समाज र राष्ट्र सुखी तथा विकसित हुने बताउनुभयो ।

    adsads

    समाजवादी पार्टीले आज वीरगञ्जमा आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकमा अहिले तीन तहको सरकार रहेको र तीनवटै तहमा हाल समन्वय नभएकै कारण जनताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको बताउनुभयो ।

    उहाँले सङ्घको प्रदेशसँग र प्रदेशको स्थानीय तहसँग समन्वय भए समृद्धिको जनअपेक्षालाई पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!