सहदेव कोइरालाको कविता संग्रह र गीति एल्बमको लोकार्पण

23 August, 2019 13:07 | साहित्य | comments | 20250 Views

कवि, गीतकार तथा नायक सहदेव कोइरालाको नवीनतम कविता संग्रह तथा गीति एल्बमको बिहिबार लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पूर्व अर्थमन्त्री एवं वरिष्ठ कवि शंकर कोइरालाको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमकाबीच कवि कोइरालाको ‘निम्तो’ कविता संग्रह तथा ‘गहिरो चोट दिएर गयौँ ’ गीति एल्बमको लोकार्पण गरिएको हो ।

adsads

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीकोा सभापतिमा सम्पन्न कार्यक्रममा वरिष्ठ गीतकार एवं समालोचक प्राडा कृष्णहरि बराल, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राडा जगतप्रसाद उपाध्याय, वरिष्ठ रंगकर्मी मदनदास श्रेष्ठ, वरिष्ठ आख्यानकार प्राज्ञ माया ठकुरी, प्राज्ञ हेमनाथ पौडेल, प्राज्ञ देवी गौतम, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, समाजसेवी धर्मराज बरालले संयुक्त रुपमा एल्बमको लोकार्पण गरेका हुन् ।

विमोचित कृतिबाट कवि सन्ध्या पहाडीले कविता वाचन गरेकी थिइन् भने कार्यक्रमको संचालन कवि मनिषा विमलीले गरेकी थिइन् । कार्यक्रममा विमोचित म्युजिक भिडियोको प्रदर्शनी पनि गरिएको थियो ।

सोही कार्यक्रममा कार्यक्रममा कवि सहदेव कोइरालालाई र मेरठ लिटरेरी फेस्टिवलका अध्यक्ष डा विजय पण्डितलाई समेत सम्मान गरिएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More