साँढे ३३ किलो सुन प्रकरणमा मुछिएको आरके ज्वेलर्स खोल्न आदेश

5 December, 2019 11:18 | अर्थ | comments | 13650 Views

सर्वोच्च अदालत

साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले सिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुलेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार काठमाडौँको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको सिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो ।

adsads

समितिको टोलीले २०७५ जेठ २८ गते सो ज्वेलर्समा छापा मारेर सिलबन्दी गरेको थियो । तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो ।

सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो । अग्रवालको घरमा छापा मारेर रु ३० लाख नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More