“सांसदहरु विभिन्न आरोपमा धमाधम पक्राउ पर्नु लोकतान्त्रिक उपलिब्ध”

17 October, 2019 21:04 |राजनीति | comments | 6300 Views

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा सांसदहरु धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको बताउनुभएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा बिहिबार आयोजित पत्रकार भेटघाटमा सो कुरा बताउनुभएको हो ।

    adsads

    लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताउउँदै पूर्व प्रधानमन्त्रीको भनाइ थियो “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो” ।

    सोही कार्यक्रममा उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”

    नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयोे, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।”

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!