सांसद साहले गरे जनकपुर विमानस्थलको भिआईपी कक्ष र बुद्ध एयरको काउण्टर तोडफोड

15 October, 2019 00:56 |कर्पोरेट/पर्यटन | comments | 7950 Views

    सोमबार एकजना सांसदले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टर टोडफोड गरेका छन् । जहाज उड्न ढिला गरेको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जनकपुर विमानस्थलको भीआइपी क्षेत्र तथा बुद्ध एयरको काउन्टर तोडफोड गरेका हुन् ।

    adsads

    साह सर्लाही क्षेत्र नम्बर–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेका थिए । आइतबारदेखिकै हवाई चापका कारण जहाजहरु केही समय ढिला गरी उडिरहेको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

    उता सांसद साहले उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको स्वीकार्दै बिहान ११ः३० बजेको बुद्ध एयरको विमान दिउँसो डेढ बजेसम्म पनि नआउँदा वृद्ध बिरामी थरथर काम्न थालेपछि मन थाम्न सकिनँ र काउन्टरमा रहेको टेबलमा दुई–तिन लात्ती हानेको उहाँले बताउनुभयो ।

    सासद साहले विरामी दिउँसो २ बजेसम्म चिकित्सक कहाँ पुगेर चेकजाँच गराउनुपर्ने थियो । विमानस्थलको विशिष्ट कक्षमा आइतबारदेखिकै जुठो प्लेट र फोहोर ग्लासहरु यत्रतत्र छरिएका कारण त्यहाँ बस्ने वातावरण नै भएन । विशिष्ट कक्षको अस्तव्यस्तताबारे पटक–पटक विमानस्थलका प्रमुखलाई टेलिफोन गरेर जानकारी गराउँदा समेत सफासुग्घर गर्न कुनै चासो दावी गर्नुभएको छ ।

    उहाँले विमानस्थल परिसरमा गाइबस्तु चरिरहेका थिए । गाइवस्तुका कारण दुर्घटनाको जोखिम हुनेबारे विमानस्थलका प्रमुखलाई जानकारी पनि गराएँ, तर कुनै सुनुवाइ भएन एयरपोर्टको अस्तव्यस्तबारे टेलिफोन गरेर प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएँ । कसैले वास्ता गरेनन् । त्यही भएर आफू आक्रोशमा आएको उहाँले बताउनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!