साइबर ब्युरोले अनुसन्धान थाल्यो प्रधानमन्त्री ओलीको रिट्वीटको विषयमा

22 December, 2019 15:32 | सूचना/प्रविधि | comments | 40050 Views

शुक्रबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डल ह्याक भएको हो वा पासवर्ड चोरी भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

शुक्रबार साँझ भारतमा चलिरहेको नागरिकता ऐन बिरोधी आन्दोलनका विषयमा कंग्रेस आई अध्यक्ष तथा त्यहाँको प्रमुख प्रतिपक्षी दलकी नेतृ सोनिया गान्धीको भिडियो सन्देश रि ट्वीट भएपछि व्यापक चर्चा पाएको थियो ।

  

प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट रि ट्रवीट भएपछि तत्काल हटाइएको थियो भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीटर पासवर्ड चोरी भएको हुनसक्ने प्रतिक्रिया दिनुभएको थियो । यसै विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धानका लागि टेक्निकल टिम खटाएको बताएको छ ।

ब्युरोका एक अधिकारीका अनुसार ‘अनुसन्धानका लागि टेक्निकल टोलीलाई खटाएको जानकारी दिंदै अनुसन्धानको विषय रहेकाले कति समय लाग्छ तोकेर भन्न नसकिने रप्रधानमन्त्रीको ट्वीटर ह्याण्डल ह्याक भएको हो वा पासवर्ड दुरूपयोग भएको हो भन्ने विषय पत्ता लागिनसकेको बताएका छन् ।

गान्धीले भारतमा हाल जारी नागरिकता विधेयकविरूद्ध प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारूढ भारतीय सत्तारूढ दल भाजपाको आलोचना गर्दै ट्वीटमा राखेको भिडिओ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट रिट्वीट भएपछि देश विदेशमा चर्चाको विषय बनेको छ । कतिपय भारतीय संचार माध्यमले प्रधानमन्त्रीको रि ट्वीटलाई लिएर समाचार नै बनाएका थिए ।

प्रधानमन्त्री ओलीको ट्वीटर पासवर्ड ह्याक भएर गान्धीको सन्देश रिट्वीट भयो !

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More