साउदी अरब साउदी अरब

  • साउदी अरब
  • साउदी अरब
  • साउदी अरब
  • साउदी अरब
  • साउदी अरब

साउदीमा छसय ७४ नेपालीमा कोरोना सङ्क्रमण

13 May, 2020 12:02 | प्रबास | comments | 33300 Views

साउदी अरब

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन÷तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ । साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ ।

  

सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ ।

साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९२५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
साउदी अरब

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More