साउदी तेल कारखानामा ड्रोन आक्रमण- उत्पादन आधा कटौती, मूल्य बढ्नसक्ने
विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन कारखानामा यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट ठूलो क्षति पुगेको र आक्रमणका कारण तेल उत्पादन आधा कटौती भएको साउदी सरकारले जनाएको छ ।
ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपी आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले जनाएको छ । केही महिनादेखि साउदी अरेबियाका तेलकुवा र कारखानाहरुमा हुथी विद्रोहीहरुले मानवरहित विमान (ड्रोन)बाट आक्रमण तिब्र बनाएका छन् । साउदी गठबन्धनले यमनका हुथी विद्रोहीलाई लक्षित गरी हवाई आक्रमण गरेको भन्दै प्रतिशोध स्वरुप हुथी विद्रोहीहरुले साउदी पूर्वाधारमा आक्रमण गरिरहेका छन् ।


साउदी अरेबियाका ऊर्जा मन्त्री अब्दुलाजिज बिन सल्मानले अब्काक तेल प्रशोधन केन्द्र र खुराइस तेल कुवामा क्षति पुगेका कारण दुबैबाट तेल उत्पादन अस्थायी रुपमा रोकिएको बताउनुभयो । मन्त्री अब्दुलाजिजले जारी गर्नुभएको विज्ञप्तिमा दुबै ठाउँको आगो नियन्त्रणमा आइसकेको उल्लेख छ ।
मन्त्री अब्दुलाजिजको वक्तव्यमा करिब ५७ लाख ब्यारेल कच्चातेलको आपूर्ति कटौती भएको उल्लेख छ । तेल उत्पादन र आपूर्तिमा प्रभाव पर्ने वा नपर्ने विषयमा साउदी अरेबियाको मुख्य तेल कम्पनी साउदी आराम्कोले विश्लेषण गरिरहेको छ ।
इरान समर्थित हुथी विद्रोहीहरुले ड्रोन आक्रमणको जिम्मेवारी लिएका छन् । हुथी विद्रोहीहरुले हाल यमनको राजधानी साना सहित अधिकाँश क्षेत्रमा नियन्त्रण कायम गरेका छन् । साउदी अरेबियाले सन् २०१५ देखि नै यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोही विरुद्ध हवाई आक्रमण गरिरहेको छ । यस आक्रमणबाट यमनमा ठूलो जनधनको क्षति हुनुका साथै मानवीय संकट उत्पन्न भएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भने साउदी अरेबियामा भएको ड्रोन आक्रमण हुथी विद्रोहीले नभई इरानले गरेको दाबी गर्नुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ, “यो आक्रमण यमनबाट भएको कुनै प्रमाण भेटिएको छैन ।”
हुथी विद्रोहीका सैनिक प्रवक्ता याहिया सरीयाले साउदी अरेबियामा १० वटा ड्रान आक्रमण गरिएको र त्यसका लागि सैनिक गुप्तचर सूचना साउदी अरेबियाबाटै प्राप्त गरेको दाबी गर्नुभएको छ ।
उहाँले परिस्थितिमा सुधार ल्याउन साउदी सरकारले यमनमा जारी राखेको हवाई हमला तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।
इरानले यमनी विद्रोहीहरुलाई हातहतियार र ड्रोन आपूर्ति नगरेको बताउँदै आएको छ । तर राष्ट्रसंघ, पश्चिमा मुलुकहरु र अरब खाडी मुलुकहरुले यमनी हुथी विद्रोहीलाई आर्थिक, सैनिक र राजनीतिक समर्थन दिइरहेको बताइरहेका छन् ।
राष्ट्रसंघका अनुसन्धाताहरुका अनुसार हुथी विद्रोहीसँग रहेका ड्रोनले एक हजार ५०० किलोमिटर दूरीसम्म यात्रा गर्न सक्दछ । यी ड्रोनबाट यमनका छिमेकी मुलुकहरु साउदी अरेबिया र युनाइटेड अरब ईमिरेट्ससम्म सहजै प्रहार गर्न सकिने राष्ट्रसंघको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी राजकुमार मोहम्मद बिन सल्मानलाई फोन गरी साउदी अरेबियाको प्रतिरक्षाका लागि अमेरिकाले जस्तोसुकै सहयोग गर्ने बताउनुभएको ह्वाइट हाउसले जनाएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


