साउदी सैनिक विमानस्थलमा यमनी विद्रोहीको आक्रमण

21 May, 2019 20:25 | विश्व समाचार | comments | 35400 Views

साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा यमनका हुथी विद्रोहीहरुले ड्रोन आक्रमण गरेका छन् ।

हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–के२ ड्रोनबाट गरिएको आक्रमणबाट हतियार भण्डारमा आगो लागेको दाबी गरेको छ ।

adsads

यसैबीच साउदी समर्थित गठबन्धनका प्रवक्ता कर्णेल टुर्की अल–मलेकीले बिस्फोटक पदार्थ बोकेको ड्रोनबाट नजरान बिमानस्थललाई लक्षित गरी आक्रमण भएको बताउनुभयो ।

साउदी अरेबियाले पश्चिमी शहरहरु जेद्दाह र ताइफलाई लक्षित गरिएका ब्यालेस्टिक क्षेप्यास्त्रहरु ध्वस्त बनाएको दाबी गरेकै भोलिपल्ट नजरानमा हुथी विद्रोहीबाट ड्रोन आक्रमण भएको हो ।

हुथी विद्रोहीहरुले यमनमा युद्ध भडकिएदेखि नै साउदी अरेबियाका विभिन्न शहरहरुलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।

आइतबार, इरान समर्थित हुथी विद्रोहीहरुले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका ३०० वटा महत्वपूर्ण सैनिक ठेगानाहरुमा आक्रमण गर्ने चेतावनी दिएको छ । हुथी विद्रोहीले साउदी गठबन्धनले यमनमा आक्रमण गर्न छाडेमात्र आफूहरुले पनि आक्रमण रोक्ने बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सर्वदलीय बैठक

फेसबुक

सर्वदलीय बैठक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!