साउनदेखि पाएनन् प्रसूति गराउने महिलाले भत्ता

14 November, 2019 19:40 |जल/वातावरण/स्वास्थ्य | comments | 4650 Views

    सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पताल सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात भत्ताबापत रु एक हजार र गर्भवती अवस्थामा तोकिएको अनुसार चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनेलाई थप रु ८०० प्रोत्साहन भत्ता लिने व्यवस्था गरेको छ । तर, समयमा कार्यक्रमको बजेट नआएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने महिला गत साउन महिनायता भत्ता पाउन सकेका छैनन् ।

    adsads

    गत भदौ ५ गतेदेखि अस्पतालमा छोरा पाए, त्यसको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज भए पनि सुत्केरी भत्ता अझै पाउन नसकेको सिरहाको लहान नगरपालिका–५ की सरिता साहले बताउनुभयो । डिस्चार्ज भएकै बेलामा भत्ता दिने व्यवस्था रहे पनि तीन महिनासम्म सो भत्ता पाउन नसकेको उहाँको गुनासो छ ।

    अस्पतालमा बाँकी रहेको सुत्केरी भत्ता लिन कहिले श्रीमान्लाई त, कहिले ससुरालाई अस्पताल पठाउने गरे पनि बजेट नआएको भन्दै फर्काउने गरिएको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक १०÷१५ गर्भवती महिला प्रसूति गराउन आउने गरेका छन् । विगत चार÷पाँच वर्षदेखि अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालमा हाल तीन अनमी, एक ल्याब एसिस्टेन्ट र एक सहलेखापाल कार्यरत छन् तर, कार्यक्रमको बजेट नआउँदा विगत चार महिनादेखि उहाँहरूले तलब खान नपाएको गुनासो गरेका छन् ।

    चालू आर्थिक वर्ष ०७६÷०७७ को साउन महिनायता बजेटसँगै कार्यक्रम सञ्चालनबारे कुनै निर्देशन नआएका कारण पाँचै जना कर्मचारी साउनदेखि हालसम्म तलब पाउन नपाएको गुनासो गरेका छन् । अस्पतालमा नियमित काम गर्दै आए पनि विगत चार महिनादेखि तलब नपाउँदा हातमुख जोड्नसमेत समस्या भइरहेको अनमीहरू बताउँछन् ।

    विसं २०३५ मा स्थापित सो अस्पतालमा हाल चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अभाव भइरहेका बेला आमा सुरक्षा कार्यक्रमअन्तर्गत करारमा नियुक्त गरिएका अनमी र कर्मचारीले जसोतसो अस्पतालमा सेवा पु¥याउँदै आएको छ ।

    यस्तै यस वर्ष समयमा आमा सुरक्षा कार्यक्रम सञ्चालनबारे ठोस परिपत्र र बजेट नआएपछि प्रसूति गराउने महिलालाई भत्ता र कर्मचारीलाई तलब खुवाउन नसकिएको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन गर्ने वा नगर्ने विषयमा अहिलेसम्म न त स्वास्थ्य विभागबाट निर्देशन आएको छ, न त प्रदेश नं. २ सरकारबाटै कुनै निर्देशन आएको छैन, जसका कारण कार्यक्रमबारे अन्यौलता बढेको छ ।”

    बजेट नआएका कारण प्रसूति गराएकाले भत्ताका लागि दैनिक अस्पतालमा आएर झगडा गर्ने गरेको मेसु डा कुशवाहाको गुनासो छ । शुरुमा स्वास्थ्य विभागबाट आमा सुरक्षा कार्यक्रमको बजेट आउने गरेकोमा पछिल्लो दुई वर्ष लहान नगरपालिकाबाट आएको थियो तर, यस वर्ष अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि यो कार्यक्रमको विषयमा हालसम्म कुनै निर्देशन नआएको मेसु डा कुशवाहाले बताउनुभयो ।

    प्रसूति सेवा केन्द्र सञ्चालन नहुँदा घरमै बच्चा जन्माउन बाध्य

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More