साकुरा साकुरा

  • साकुरा
  • साकुरा
  • साकुरा
  • साकुरा
  • साकुरा
  • साकुरा

साकुरा फुलेसंगै सुरु भयो जापानमा वसन्त उत्सव

29 March, 2019 15:08 | जापान | comments | 211950 Views

 

साकुरा

वसन्त ऋतुको मौसम आगमनसंगै जापानमा साकुरा फुल्न थालेको छ र जापानमा यसलाई वसन्त उत्सवका रुपमा मनाइन्छ । गत बुधबारदेखि ७० प्रतिशत फुल्न थालेको साकुरा शनिबारसम्म ९० प्रतिशतसम्म फूल्ने जापानी मौसम एजेन्सीले जानकारी दिएको छ ।

adsads

नेपालमा पैंयूका रुपमा चिनिने जापानको राष्ट्रिय फूल साकुरा फुलेपछि त्यसको अवलोकन गर्न ठूलो भीड लाग्ने गर्दछ । यतिबेला विभिन्न पार्क तथा सडक गल्लीमा फुलेका साकुराले जापानमा रौनक थपेको छ । विद्यालय तथा विश्वविद्यालयहरुमा विदा भएका विद्यार्थीहरुले नजिकैको पार्कमा पुगेर परिवार तथा साथीभाईहरुसंग रमाइलो गर्ने गर्छन । प्रेम जोडी तथा विवाहित जोडी पनि अंगालोमा वाधिएर रमाउने गर्छन ।

जापानी मात्र हैन त्यहाँ रहेका विदेशीहरु पनि साकुराको मोहकतामा रमाउने गर्दछन् । जापानी परम्परा अनुसार साकुराको फूलसंग वसेर खाएमा वर्षभरी नै सुख शान्ति हुने विश्वास गरिन्छ । जसलाई स्थानीय भाषामा ‘हानामी’ पुष्पावलोकन भन्ने गरिन्छ । खास गरी जापानीहरु यस मौसममा साकुरासंगै ‘हानामी’मा फूलको वगैचामा भुईमा वसेर मनपर्ने खाना तथा मन लागेको पेय पदार्थ र मदिराको चुस्कीमा एक आपसमा खुलेर कुरा गर्ने गर्छन ।

साकुरा

साकुरा फूलेपछि जापानबासी नेपालीहरुले पनि रमाइलो गरी मनाउने गर्दछन् । साकुरा फुलेको हेर्न विभिन्न स्थानबाट टाढाटाढाका पार्कमा पुगेर रमाइलो गर्ने जापानीहरुका लागि यसलाई अवसरका रुपमा समेत लिने गरेका छन् ।

यही शनिबार यस वर्षकै साकुराको मध्य दिनको रुपमा लिइए पनि शनिबारपछि पनि बुधबारसम्म साकुरा अवलोकन उपयुक्त रहने जापानी मौसम एजेन्सी मेटोरोलोजिकलले बताएको छ । नेपालमा पैयौँ र अंग्रेजीमा चेरी फूल फुल्ने क्रम जापानमा बढेपछि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहेको छ ।

जापानका यी पाँच चर्चित ठाउँहरु साकुरा फुल हेर्नका लागि प्रख्यात रहेको छ । ती हुन्
१. माउन्ट योसिनो
२. सिन्जुकु ग्योयन, टोकियो
३. हिमेजि क्यासल
४. माउण्ट फुजी
५. फिलोसोफरस पाथ क्योतो

साकुरा

जापानी राष्ट्रिय फूल’साकुरा’को महत्व र मोहकता (फोटोहरुसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
साकुरा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!