south-asian-games south-asian-games

  • south-asian-games
  • south-asian-games
  • south-asian-games
  • south-asian-games
  • south-asian-games

सागको लागि टेबुलटेनिस खेलाडी छनोट

30 September, 2019 11:55 | खेल | comments | 27750 Views

south-asian-games

नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबुलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबुलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका विनेश खनियाँ, एपिएफका पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथे, प्रदेश ३ का संयोग कपाली तथा प्रहरीका सुनिल महर्जन रहेका छन् । महिलातर्फ प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, नेपाल आर्मीकी रविना महर्जन र दीक्षा तामाङ तथा एपिएफकी सिका सुवाल छनोट भएका छन् ।

  

पुरुषतर्फ शीर्ष बरियताका खेलाडी श्यान्टु श्रेष्ठ सवारी दुर्घटनामा परेका कारण छनोट प्रतियोगितामा सहभागी हुन पाएनन् । “श्यान्टुले शीर्ष ५ मा छनोट भएका सुनिलसँग पुनः छनोट प्रतियोगिता खेल्न अवसर पाउने छन्”, प्रथम उपाध्यक्ष बज्राचार्यले भन्नुभयो ।

सागका लागि महिला भलिबल खेलाडी छनोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
south-asian-games

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More