सागको १३ औं संस्कणसम्म आइपुग्दा नेपालको भागमा एक सय एक स्वर्णपदक
नेपालबाट सुरु भएको दक्षिण दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रदर्शन सन्तोषजनक छैन । खेलको १३ औं संस्करणसम्म आइपुग्दा मंगलबार नेपालले सागको अहिलेसम्म स्वर्णपदकको संख्या १०० पुर्याएको छ ।
मंगलबाट कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि सागमा नेपालको स्वर्ण संख्या १०० पुगेको हो । नेपालले अहिलेसम्म १२५ रजत र २८० कास्य जितीसकेको छ । १२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो ।
सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । नेपालमै दोस्रोपटक १९९९ मा आयोजित सागमा अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।
२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा १५ स्वर्ण जितेको थियो । यसपटक तेस्रो दिन नै दशौं सागमा भन्दा बढी २२ स्वर्ण जितिसकेको छ । यो आठौं सागपछिको दोस्रो ठूलो सफलता हो । २०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।
नेपालबाट सुरु भएको सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ । १२ औं सागसम्ममा उसले ११ सय स्वर्ण सहित कुल दुई हजार ८६ पदक जितेको छ । दोस्रो स्थानमा पाकिस्तान छ । उसको ३२९ स्वर्णसहित एक हजार १५१ पदक छ । २२० स्वर्ण, ३६० रजत र ५६२ कास्य जितेको श्रीलंका सागको समग्रतालिकामा तेस्रो स्थानमा छ । स्वर्ण, रजत र कास्य गरी पाँच सय रजत जितेको नेपाल समग्र प्रदर्शन चौथो स्थानमा छ ।
६८ स्वर्ण सहित कुल ६४७ पदक हात पारेको बंगलादेशले नेपाललाई पछ्याइरहेको छ । यस अवधिमा पहिलो सागदेखि नै निरन्तर सहभागी माल्दिभ्सले स्वर्ण पदको खाता खोल्न सकेको छैन । उसले अहिलेसम्म ४ र रजत ९ कास्य मात्रै जितेको छ । दुई स्वर्ण, १६ रजत र ५३ कास्य जितेको भुटान सातौं स्थानमा छ ।
२००४ मा पाकिस्तानमा आयोजित नवौं सागबाट सहभागीता जनाउन थालेको अफगानिस्तान समग्र अंक तालिकाको छैटौं स्थानमा छ । चार वटा साग खेलीसकेको अफगानिस्तानले २० स्वर्ण, २६ रजत र ५४ कास्य सहित कुल १०० पदक जितीसकेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- ट्रकको ठक्करबाट बालिकाको मृत्युपछि प्रहरी र विद्यार्थीबीच झडप डिएसपीसहित नौ प्रहरी घाइते
- सार्क स्थापनाको पैँतीस वर्ष : सधैं भारत पाक तनावको शिकार
- जब जिम्मेवारहरु नै बेचबिखनमा सक्रिय हुन्छन् भने…
- भ्रमण वर्ष २०२० सफल बनाउन सचिवालय गठन- प्रचार प्रसार तीब्र
- प्रमोदको कोचिङमा ‘द भ्वाइस अफ नेपाल’- २ को उपाधि राम लिम्बुलाई
- थलीमा स्थानीयबासी उत्रिए सडकमा : टायर बालेर बिरोध
- चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर
- अवैध मेडिकल र झोले डाक्टरका कारण दुई महिनामा पाँचजनाको ज्यान गयो
- हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा
- भ्रमण वर्षलाई क्रिस्टोफर फाउण्डेशनले सहयोग गर्ने
- आजको राशिफल– २०७६ मंसिर २२ गते आइतबार
- भरतपोखरीमा ‘अक्षयधाम अभिभावक आश्रम’
- “अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने”
- केही घण्टामै भुटानले खोस्यो नेपालको शीर्षस्थान
- सडकको कथा- आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…
- कृषिमा आधुनिक प्रविधि र अभियान
- सरकारले पार्टी चलाउनै पाउँदैन- चलाउन खोजेर पनि चल्दैन : नेता गौतम
- साफ क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो
- त्रिविको सह्रानीय कदम : विद्यार्थीको उपचारका लागि एक लाख दिने
- काष्ठकलामा निपूर्ण लोपोन्मुख जाति राउटे
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


