साग फुटबल फाइनल : नेपालमाथि गोल गर्यो भुटानले

10 December, 2019 19:03 | खेल | comments | 21750 Views

दशरथ रंगशालामा जारी नेपाल र भुटानबीचको साग फुटबलको फाइनलको पहिलो हाफमा नेपाल र भुटान एक एक गोलको बराबरी खेलेका छन् । खेलको १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल गरेर अग्रता लिएको नेपालले पहिलो हाफको अन्त्यतिर आउँदा अग्रता जोगाउन सकेन ।

एक गोलले पछिपरेको भुटानका लागि कप्तान चेन्चो ग्याल्चेनले गोल गर्दै बराबरी गरे । भुटानले बराबरी गोल गरेसँगै नेपालमाथि प्रेसर बढेको छ।

  

आइतबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोलले हराउँदै नेपालले फाइनलमा भुटानसँगको भेट पक्का गरेको थियो । नेपालले लिग चरणको खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।

नेपाल लिग चरणको विजेता बन्दै फाइनलमा पुगेको हो । राउन्ड रोविन लिगका आधारमा सञ्चालित पुरुष फुटबलको शीर्ष स्थानमा रहेका नेपालले चार खेलबाट १० अंक बनाएको छ । नेपालले तीन जित र एक बराबरी नतिजा निकालेको थियो । तीन जित र एक हार खेपेको भुटान उपविजेता बन्यो । भुटानले नौ अंक बनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More