साझा पार्टीमा विशिष्ठ महिलाहरुसहित सातजना केन्द्रीय सदस्य थप

21 July, 2019 17:28 | राजनीति | comments | 28200 Views

साझा पार्टीले केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थपेको छ । आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले २६ सदस्यीय समितिमा सातजना थप गरी ३३ सदस्यीय बनाउने निर्णय गरेको हो।

नयाँ केन्द्रीय सदस्यहरूमा जनस्वास्थ्यमा विद्यावारिधी गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेदवार सुमित्रा सिंह लामा, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय जेसिसको पनि उपाध्यक्ष रहिसकेकी कीर्ति तुलाधर, शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला हुनुहुन्छ ।

त्यसै गरी नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन, प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा, झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी, काभ्रे जिल्लाका २०० भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार विकु लामा रहेका छन् ।

  

पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले जारी गरेको विज्ञप्ति अनुसार साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्न तयारी गरिरहेको छ ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र “विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको । नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ” बताउनुहुन्छ ।

अन्तर्राष्ट्रिय संस्थाको निर्देशकबाट राजीनामा दिएर साझा पार्टीमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More