साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने चीनको घोषणा अमेरिकी शेयर बजार ओरालो लाग्यो

14 May, 2019 14:39 | विश्व समाचार | comments | 36600 Views

अमेरिकाले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि यसअघि लगाइएको १० प्रतिशत कर वृद्धिलाई २५ प्रतिशतसम्म बढाउने निर्णय गरेपछि चीन त्यसको प्रतिकारमा उत्रेको छ । चीनले पनि साठी अर्ब डलर बराबरका अमेरिकी समानमा थप कर लगाउने घोषणा गरेको छ ।

adsads

यो घोषणापछि अमेरिकाका शेयर बजारमा त्यसको असर देखिएको छ । चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारको एक सूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ। अमेरिकाले चीनबाट ५ सय अर्ब र चीनले अमेरिकाबाट सवा अर्बभन्दा बढीका सामान आयात गर्छन् ।

अमेरिकी निर्णय आएको तीन दिनपछि चीनले आगामी जुन १ देखि लागु हुनेगरी ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा कर लगाउने घोषणा गरेको हो ।

संसारका सबैभन्दा ठूला दुई आर्थिक महाशक्तिबीच व्यापार युद्ध चर्कँदै जाँदा विश्व अर्थतन्त्रमा शिथिलता आउन सक्ने धेरै अर्थशास्त्रीहरूले चेतावनी दिइरहेका छन् । अमेरिका र चीनबीच व्यापार युद्ध चर्किएपछि संसारभरिका प्रमुख सेयर बजारमा एकै दिनमा ठूलो धक्का लागेको छ ।

वासिङटनमा अघिल्लो साता सुरू भएको ११ चरणको वार्ता बिनानिष्कर्ष टुंगिएपछि चर्किएको व्यापार युद्धले सोमबारमात्रै संसारका प्रमुख सेयर बजारले एक हजार अर्ब डलरभन्दा बढीको गिरावट ब्यहोरेका छन् ।

गत शुक्रवार अमेरिकाले २०० अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो । त्यसको असर अहिले अमेरिकी शेयर बजारमा परेको छ । त्यहाँ पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।

सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमाथि हालै गरिएको करवृद्धिको प्रतिकारमा नउत्रन आग्रह गर्नुभएको थियो ।

ट्रम्पले ट्वीटरमार्फत लेखेको एक सन्देशमा भनिएको छ, “चीनले कर वृद्धिको प्रतिकार गर्नु हुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।”

अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो । यसपछि चीनले मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता पाँच हजार जति अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर थप्ने निर्णय गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्र म्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गर्दै चीनले अमेरिकाबाट ओबामाको शासनकालभन्दा पनि पहिलेदेखि नै धेरै फाइदा लिदैआएको बताउनुभएको थियो । अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेकाले अब त्यस्तो हुन नदिने बताउनुभएको थियो ।

यसैको प्रतीकका रुपमा शुक्रवार अमेरिकाले २०० अर्ब डलरको चिनियाँ सामानमा दुई गुणाभन्दा बढीले कर लगाउने घोषणा गरेपछि चीन पनि करवृद्धिको प्रतिकारमा उत्रेको हो ।

अमेरिकी करवृद्धिविरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अथाह सम्पत्ति, न्यून आय

फेसबुक

अथाह सम्पत्ति, न्यून आय

ट्वीटर

सामाजिक सञ्जाल

More