सातवटै प्रदेशका उपसभामुखको एउटै स्वर- तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्छ

30 December, 2019 20:35 | मध्य पश्चिमाञ्चल , राजनीति | comments | 49050 Views

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपपछि रिक्त रहेको सो पदमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीच पूर्व एमाले र पूर्व माओवादीबाटै सभामुख बनाउनुपर्ने अडान कायम रहेका बेला सम्पूर्णरुपमा योग्य उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सो पदमा अरु कुनै दलका सांसद ल्याउने खेल भैरहेको छ ।

उच्च शिक्षित शिवमायाको पक्षमा पनि सभामुखका लागि जोड लागिरहेका बेलाा सातवटै प्रदेशका उपसभामुखले एकै स्वरमा संघीय संसदको सभामुख शिवमायालाई नै बनाउनुपर्नेमा दृढ देखिएका छन । उनीहरुले पोखरामा मंसिर १९ र २० गते भएको सातै प्रदेश सभाका सभामुख र उपसभामुखको भेलापछि एकठाउँमा बसेर यस्तो निर्णय गरेका थिए ।

  

अहिले सत्तारुढ दल नेकपा सभामुख कसलाई बनाउने भन्ने बारे अनिर्णित रहेका बेला सातै प्रदेश सभामा सभामुख महिला नभएको भन्दै उनीहरूले प्रतिनिधी सभामा महिला हुनुपर्ने साझा धारणा रहेको बताएका छन् ।

गण्डकी प्रदेश सभाकी उपसभामुख सिर्जना शर्माले भन्नुभयो “त्यतिबेला हामी सबैले अनौपचारिक छलफल गरेका थियौं, हामीले कुनै पार्टीलाई दबाब दिन मिल्दैन, तर दुई वर्ष अभ्यास गरेको, योग्यता र क्षमता पनि भएकाले तुम्बाहाम्फेलाई नै सभामुख बनाउँदा केही फरक पर्दैन ।”

सभामुख चयन चुनावी प्रक्रियाबाट हुने भएकाले पार्टीहरूले महिलालाई नै अघि सारोस् भन्ने आफूहरूको धारणा रहेको उहाँ बताउनुहुन्छ ।

जिम्मेवारी पायो भने महिलाले गर्न सक्छन्, महिलाले जिम्मेवारी पाएको ठाउँमा विवादै नगरी काम गरेका उदाहरण छन् । यसअघि ओनसरी घर्ती सभामुख भएर काम गरेको उदाहरण छ र महिला सभामुख हुनै नसक्ने भन्ने हैन । अझ शिवमाया तुम्बाहाम्फे त पूर्ण शिक्षित र अनुभवी ।

सुदुरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीले सभामुख नभएको अवस्थामा उपसभामुख नै सभामुख बनाउनु स्वभाविक र सुल्टो हुने बताउँदै भन्नुहुन्छ हरेक ठाउँमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष राख्ने चलन छ सेकेण्ड पर्सन भनेको भोलिको वैकल्पिक नेतृत्व हो भन्ने नबुझेर हरेक ठाउँमा उप भनेको महिला हो भन्ने गलत बुझाई स्थापित भएको भन्दै दुखेसो पोख्नुभयो ।

उहाँको तर्क के छ भने प्रतिनिधी सभाको उपसभामुखलाई पदच्युत गर्ने वा राजीनामा गराउने संवैधानिक आधार छैन । ुकुनै पार्टीको वा व्यक्तिको स्वार्थ होला, तर उहाँलाई हटाएर अन्त लैजानु संविधानको उल्लंघन हुन्छ । कुनै पार्टीले उपसभामुख हटाउने संवैधानिक व्यवस्था छैन ।ु उहाँ बताउनुहुन्छ ।

प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले पनि तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने आफ्नो निजी धारणा रहेको बताउँदै उहाँ सक्षम र प्रखर महिला हुनुहुन्छ, महिलाको नेतृत्व विकास गर्न पनि तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने पक्षमा रहेको जनाउनुभयो । त्यस्तै प्रदेश २ की उपसभामुख उपमा देवले महिला भएकै कारण तुम्बाहाम्फे सभामुख हुन नहुने भन्ने कुरा गलत भएको बताउनुहुन्छ ।

प्रदेश ३ की उपसभामुख राधिका तामाङले क्षमता नै नभएमा कसैलाई पद देऊ भनेर आफूहरूले कहिल्यै नभनेको बताउँदै तुम्बाहाम्फे सभामुखका लागि सक्षम रहेको बताउनुहुन्छ भने प्रदेश ५ की उपसभामुख कृष्णा थारूले तुम्बाहाम्फेको काम हेर्दा पनि अब्बल देखिएको तर्क गर्नुभयो ।

कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती विष्टले महिला भएकै कारण सभामुख हुनबाट रोक्न नहुने बताउँदै तुम्बाहाम्फेलाई नै सभामुख बनाइनुपर्ने हाम्रो मान्यता कार्यान्वयन होस् भन्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More