लुम्बिनी भ्रमण लुम्बिनी भ्रमण

  • लुम्बिनी भ्रमण
  • लुम्बिनी भ्रमण
  • लुम्बिनी भ्रमण
  • लुम्बिनी भ्रमण
  • लुम्बिनी भ्रमण
  • लुम्बिनी भ्रमण

सातवटै प्रदेशलाई लुम्बिनी भ्रमणको निम्तो

11 May, 2019 10:00 | कर्पोरेट/पर्यटन , प्रदेश | comments | 15600 Views

लुम्बिनी भ्रमण

प्रदेश नं ५ सरकारले सातवटै प्रदेशलाई लुम्बिनी भ्रमणको निम्तो दिएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेको प्रदेश नं ५ सरकारले सबै प्रदेशवासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको हो ।

adsads

पर्यटन मन्त्रालयको प्रचारप्रसार उपसमितिले प्रदेशका विभिन्न जिल्लामा पुगेर निम्तो बाँडेको छ ।प्रदेश नं १ को राजधानी विराटनगर, प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को हेटौँडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को नेपालगञ्ज, बुटवल, सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा पुगेर लुम्बिनी भ्रमणको निम्तो दिएको प्रचारप्रसार उपसमितिका संयोजक भरत केसीले जानकारी दिनुभयो । समितिले प्रदेशका मन्त्री, पर्यटन व्यवसायी, पत्रकार तथा स्थानीय अगुवामार्फत् प्रदेशवासीलाई लुम्बिनी भ्रमणको निम्तो दिएको हो ।

प्रदेश नं ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनीको पर्यटन प्रवद्र्धनका माध्यमबाट प्रदेशको समृद्धि हासिल गर्न टेवा पु-याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्ष आयोजना गरिएकाले यसलाई सफल बनाउन देशव्यापी प्रचारप्रसार अभियान चलाएको बताउनुभयो । “सबै प्रदेशको प्रतिक्रिया राम्रो छ, लुम्बिनी भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने वचन दिएका छन् यो नै खुशीको कुरा हो”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव धनञ्जय पौडेलले विश्वभरिका डेढ अर्ब बौद्धमार्गीको मुख्य तीर्थस्थल लुम्बिनी क्षेत्रलाई थप प्रवद्र्धन गर्ने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरिएकाले यसलाई सफल बनाउन तयारी तीव्र बनाइएको बताउनुभयो । जेठ ४ गते बुद्धजयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बुद्ध जयन्ती तथा भ्रमण वर्ष शुभारम्भ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घ र प्रदेशका मन्त्री, प्रदेशसभाका सदस्य, विभिन्न दलका नेता सहभागी हुने छन् ।

भ्रमण वर्षअन्तर्गत मायादेवी प्रसुती उत्सव, लुम्बिनी फुड फेस्टिबल, सुजाता खीर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूल मून डे (पूर्णिमा) उत्सव, धार्मिकयात्रा र त्रिपिटिक वाचन र योग तथा ध्यान शिविर सञ्चालनलगायत विभिन्न कार्यक्रम गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले भ्रमण वर्ष सम्पन्न गर्न रु चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । कूल बजेटमध्ये चालू आर्थिक वर्षमा रु दुई करोड २७ लाख ९० हजार र अर्को वर्ष रु एक करोड ९१ लाख ७० हजार खर्च गरिने छ । भ्रमण वर्ष कार्यक्रमको उद्घाटनका लागि रु ७० लाख छुट्टयाइएको मन्त्रालयले जनाएको छ । भ्रमण वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई लुम्बिनी क्षेत्रमा आउने पर्यटकको सङ्ख्या र उनीहरूकोे बसाई लम्बिने, स्थानीय उत्पादनको व्यवसाय बढ्ने, रोजगारी सिर्जना हुने र पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने प्रदेश सरकारको अपेक्षा छ ।

काठमाडौँवासीलाई लुम्बिनी भ्रमणको निम्तो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लुम्बिनी भ्रमण

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

फेसबुक

सुन्दरीजलको माटो बोकेर कोइरालानिवासको भुइँ ढोग्न पुगे कार्यकर्ता

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!