साफ क्रिकेटमा स्वर्ण जित्ने नेपालको सम्भावना सकियो

7 December, 2019 18:11 | खेल | comments | 15300 Views

काठमाडौं र पोखरामा जारी १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत शनिबार नेपाल बंगलादेशसंग पराजित भएसंगै पुरुष क्रिकेटमा स्वर्णपदक जित्ने सम्भावना सकिएको छ । नेपाल बंगलादेश यू–२३ सँग ४४ रनले पराजित भएपछि यो समीकरण सकिएको हो ।

adsads

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश यू–२३ टोलीले नेपाललाई जितका लागि १५६ रनको लक्ष्य दिएको थियो । १५६ रनको लक्ष्य पछ्याएको नेपाली टोली २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाउन सक्यो ।

मध्यम लक्ष्य पछ्याएका नेपालका ब्याट्सम्यानलाई बंगालदेशी बलरले सुरुवातदेखि नै बदाबमा राखेका थिए । चौथो ओभरको तेस्रो बलमा पारस खड्का आउट भएपछि नेपालको लगातार विकेट गुम्यो , पारसले १६ बलमा २ चौकासहित ९ रन बनाएर आउट भए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ४३ नै बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले खासै योगदान गर्न सकेनन् । अभिनाश बोहरा र ललित राजवंशीले अन्तिममा १८ रनको साझेदारी गरे । अभिनाश १३ र ललित ५ रनमा नट आउट रहे।

बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए ।

यसअघि नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । ३.३ ओभरमा १६ रन हुँदा बंगलादेशको ३ विकेट गुमेको थियो । सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले १५ रन दिएर ३ विकेट लिए । नेपालका लागि पारसपछि उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए । अभिनाश बोहराले १ किवेट लिए।

१०.२ ओभरमा ४९ रन बनाउँदा ४ ४ विकेट गुमाईसकेको बंगलादेशका लागि नाज्मुल हसन र अफिफ हसनले ठूलो साझेदारी गरेपछि ठूला स्कोर बनेको हो । नाज्मुल २८ बलमा ५२ रन बनाएर आउट हुँदा र अफिफ ६० बलमा ७५ रन बनाइ नटआउट रहे ।

पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानमाथि १४१ रनको नित हात पारेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई ८४ रनले हराएको थियो । साग पुरुष क्रिकेटमा नेपालसहित श्रीलंका–२३, बंगलादेश–२३, माल्दिभ्स,भुटान गरी ५ टोली सहभागी छन् । क्रिकेटका दुई हस्ती भारत र पाकिस्तानले भने साग क्रिकेटमा सहभागिता जनाएका छैनन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More