साफ फुटबलः उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने

8 August, 2019 22:20 |खेल | comments | 14700 Views

    आउँदो असोजमा सुरु हुने तेस्रो संस्करणको साफ यु–१८ (अठार वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । घरेलु मैदानमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने छन् ।

    adsads

    बिहिबार सार्वजनिक गरिएको खेल तालिकानुसार हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान नेपालले पहिलो खेल आगामी असोज ३ गते खेल्नेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार साविक विजेता नेपालले दोस्रो खेल असोज ५ गते माल्दिभ्ससँग तथा समूहको अन्तिम खेल असोज ७ गते भुटानसँग खेल्नेछ ।

    यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनल खेल असोज १२ गते हुनेछ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!