साफ यू–१८ च्याम्पियनसिपसाफ यू–१८ च्याम्पियनसिप

  • साफ यू–१८ च्याम्पियनसिप
  • साफ यू–१८ च्याम्पियनसिप
  • साफ यू–१८ च्याम्पियनसिप
  • साफ यू–१८ च्याम्पियनसिप
  • साफ यू–१८ च्याम्पियनसिप
  • साफ यू–१८ च्याम्पियनसिप

साफ यू–१८ च्याम्पियनसिप : नेपाल भुटानसँग ३-० ले स्तब्ध

23 September, 2019 13:30 |खेल | comments | 4200 Views

    सेमिफाइनल पुग्ने सम्भावना न्यून

    साफ यू–१८ च्याम्पियनसिप

    राजधानीमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल भुटानसँग स्तब्ध भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलएपिएफ)को मैदानमा आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

    adsads

    हारसँगै समूह ‘ए’ मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना न्यून बनेको छ ।यससँगै दुई खेल खेलेको नेपालको एक अङ्क मात्र छ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै जीतसँगै भुटान भने सेमिफाइनलमा पुगेको छ । भुटानले एक खेलमा तीन अङ्क जोडेको छ ।

    खेलको पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । नेपालले खेलको ३७औँ मिनेटमा पहिलो गोल खाएको थियो । खेलमा यशी दोर्जीले गोल गर्दै भुटानलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ८६औँ मिनेटमा भुटानका केल्जाङ जिग्मीले गोल गरे । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । नेपालका विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि भुटानले पेनाल्टी पाएको थियो ।

    त्यस्तै खेलको ९०औँ मिनेटमा कर्मा सोनामले गोल गर्दै भुटानलाई ३–० को जीत दिलाए । यही असोज ७ गते हुने समूहको अन्तिम खेलमा भुटानले माल्दिभ्सलाई चार गोलभन्दा बढीको अन्तरले पराजित गरेमा नेपाल सेमिफाइलमा पुग्नेछ अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ ।

    यू-१८ साफ च्याम्पियनसिपका लागि नेपाली टोलीेको घोषणा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    साफ यू–१८ च्याम्पियनसिप

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!