घर टहरा भत्काइयोघर टहरा भत्काइयो

  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो
  • घर टहरा भत्काइयो

सामुदायिक वन क्षेत्र अतिक्रमण गरी १२० रोपनी क्षेत्रफलमा बनेका घरटहरा भत्काइयो

21 August, 2019 10:00 |जन सरोकार | comments | 10200 Views

    घर टहरा भत्काइयो

    नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटको सौन्दर्यलाई कुरूप बनाउँदै सडक दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घर, टहरा एवं साना तथा ठूला होटल अन्ततः भत्काइएको छ । डिभिजन वन कार्यालय भक्तपुरको नेतृत्व, चाँगुनारायण नगरपालिकाको सहयोग, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायको साथ एवं सक्रियतामा भदौ २ गते साँझसम्ममा विगत २८ वर्षदेखि हालसम्म बनाइएका २०५ वटा घरटहरा, रेष्टुराँ एवं होटल भत्काउनुका साथै वन क्षेत्रको १२० रोपनी क्षेत्रफल वनले फिर्ता गरेको छ ।

    adsads

    प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्ला प्रशासन कार्यालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक एवं वन क्षेत्र अतिक्रमण गरी बनाएको भौतिक संरचना भत्काएको स्थानमा पुनः संरचना बनाउनेलाई तत्काल कारवाही गर्ने बताउनुभयो ।

    उहाँले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधानलाई भत्काएको ठाउँमा पुनः संरचना बनाउनेलाई तत्काल पक्राउ गर्न निर्देशन दिँदै यस्तो गल्ती नगर्न अतिक्रमणकारीलाई सचेत गराउनुभएको छ ।

    पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले वर्षौंदेखि अतिक्रमण गरी बनाइएका घर टहरादेखि साना तथा ठूला होटलका संरचना भत्काएको बताउँदै खाली गरिएको सार्वजनिक एवं वन क्षेत्रको जग्गामा नगरपालिकाले यस वर्ष एक हजार बिरुवा रोप्ने बताउँदै पर्यटकीय क्षेत्रको सौन्दर्य, पूर्वाधार निर्माण, मनोरञ्जनपार्क, बगैँचा निर्माण गरी पर्यापर्यटनको माध्यमबाट वनक्षेत्र संरक्षण एवं प्रवद्र्धन गर्ने बताउनुभयो ।

    नगर प्रमुख मिश्रले भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र पर्यटकको आगमन बढाउन नगरकोट क्षेत्रमा कुरूप संरचनाका सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनाएका अवैध घर टहरा भत्काएर सौन्दर्य कायम गरियो, जेठ १९ गते ३५ वटा, भदौ १ गते ११५ वटा र २ गते ५५ अवैध घर टहरा भत्काएका छौँ ।”

    उहाँले भत्काइएका घर टहरामा वास्तविक सुुकुम्बासीको बसोबास भएको प्रमाणित कागजपत्रसहित आगामी पाँच दिनभित्र नगरपालिकामा आवेदन दिए त्यस्ता व्यक्तिलाई नगरपालिकाले तत्काल अस्थायी र केही समयपछि स्थायीरूपमा बसोबासको व्यवस्था गर्ने नगरपालिकाले निर्णय गरेको बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले नगरकोटका वन क्षेत्रमात्र नभई सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको व्यक्तिदेखि ठूला होटलसम्मका संरचना पनि भत्काउने नगरपालिकाले निर्णय गरेको बताउनुभयो ।

    उहाँले नगरकोटमा भत्काइएका संरचनाको भग्नावशेष नगरपालिकाले आजैदेखि हटाएर ती क्षेत्रको संरक्षण गर्ने र ज्वाइँ डाँडालाई व्यवस्थित गरिने जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेमप्रसाद खनालले देशमै पहिलोपटक यति ठूलो सङ्ख्या र ठूलो क्षेत्रफल अतिक्रमण गरेर बसेकाको घर टहरा, रेष्टुराँ तथा होटल भत्काइएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो कार्यालयले गरेको अनुसन्धानबाट भक्तपुरमा कूल आठ दशमलव पाँच हेक्टर वन क्षेत्र अतिक्रमण गरी संरचना बनाएका छन्, त्यसमध्ये नगरकोटको मात्रै छ हेक्टर वन क्षेत्रको संरचना भत्काएर अतिक्रमित भूमि फिर्ता गर्न सफल भएका छाँै, अब यस जिल्लाका अन्य नगरपालिकासमेतको अतिक्रमित क्षेत्रफलमा बनेको संरचना भत्काएर वन क्षेत्रको जमीन फिर्ता ल्याउँछौँ ।”

    नगरकोटमा संरचना भत्काइएको स्थानमा पुनः संरचना बनाए वा फेरि वन क्षेत्र अतिक्रमण गरी संरचना बनाउन खोजे वन ऐन, २०४९ र नयाँ बन्ने ऐनलाई टेकेर कारवाही गरिने उहाँले बताउनुभयो । उहाँले नगरकोटको भट्टेडाँडालगायत केही स्थानमा अतिक्रमणकारीले छापामार शैलीमा सुरक्षाकर्मी र कर्मचारीलाई बियरको बोतल, खाली सिसी, एसिड भरिएको बोतल र ढुङ्गा प्रहार गरी आक्रमण गरी केहीलाई घाइते बनाउँदा पनि संयमित भएर अतिक्रमित सबै घर टहरा भत्काउन सफल भएको बताउनुभयो । नगरपालिकाको सहयोगमा यी क्षेत्रको तत्कालै संरक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

    सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरा भत्काइयो : प्रहरी र सञ्चालकबीच झडप

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    घर टहरा भत्काइयो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!