सामूहिक हत्याअभियोग लागेका आलमलाई पाँचदिन थुनामा राख्न म्याद थप

20 October, 2019 18:03 |राजनीति | comments | 5550 Views

    बम विस्फोटका परी घाइते भएकाहरुलाई बेहोस बनाउने इन्जेक्सन दिएर ईट्टा भट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ ।

    २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुर फरदहवामा बम बिस्फोट भएको थियो र सो बिस्फोट निर्वाचन प्रभावित गर्न आलमले नै ल्याएको र गल्तीले बिस्फोट भएपछि घाइतेहरुले पोल खोल्ने डरले आलमले उनीहरुको हत्या गरेको आरोप छ ।

    adsads

    त्यतिबेला नै सेलाएको यो घटना सर्वोच्च अदालतको तारन्तारको ताकेता पछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो । तर महान्ययधिवक्ता कार्यालयले निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

    असोज २५ गते राजपुर छिर्ने शेख ईद्रिस गेटबाट पक्राउ परेका आलम माथी कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!