सारा खानको कपडाले पाकिस्तानमा हंगामा !

8 August, 2019 15:39 | कला/मनोरन्जन , बिचित्र | comments | 78150 Views

चर्चित टेलिभिजन अभिनेत्री सारा खान पछिल्लो समय व्यस्त दैनिकीभन्दा पर छिन् । स्टार प्लसको शो ‘बाबुल’ बाट रातारात हिट भएकी सारा यहि गएको मंगलबार ३०औँ वर्षमा प्रवेश गरेकी छन् ।

adsads

सामाजिक संजालमा पोस्ट गर्ने तस्वीरका कारण विवादमा आइरहने उनी टिभी अभिनेता अंकित गेरालाई डेट गरिरहेकी छन् । पाकिस्ताननी टिभी शोका लागिसमेत काम गरेकी उनले अन्तर्वार्तामा एक खुलासा गरेकी छन् । पाकिस्तानमा उनको कपडाको विषयमा निकै विवाद भएको थियो।

एक पटक सुटिङ सकिएपछि उनी आफ्नो क्याजुअल ड्रेसमै होटलको लबीतर्फ हिँडिरहेकी थिइन्। उनले छोटो कपडा (शर्टस्) लगाएकी थिइन् । उनलाई यस्तो अवतारमा देखेर मानिसहरु अचम्ममा परे । एकैछिनमा उनलाई घेरियो । त्यहाँ उनको विरोध हुन थाल्यो ।

त्यति नै बेला उनलाई कसैले भन्यो कि पाकिस्तानमा शर्टस लगाउन पाइँदैन । यो सुन्नासाथ उनी आफ्नो कोठामा गईन् र कपडा परिवर्तन गरेर आइन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!