सार्क सम्मेलनका लागि चिवतनको सीमा र राजमार्गमा कडाइ

19 November, 2014 23:21 | जन सरोकार , मध्यमाञ्चल | comments | 38250 Views

सार्क शिखर सम्मेलनका लागि चितवन प्रशासनले मुख्य राजमार्ग र सीमा क्षेत्रमा कडाइ गरेको छ । केन्द्रबाट सीमा र राजमार्गलाई विशेष निगरानीका लागि निर्देशन आएकाले सोहीअनुरुप सुरक्षा परिचालन गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय चितवनको एक टोलीले सीमानाकाको स्थलगत अनुगमनसमेत गरेको र मुख्य क्षेत्रलाई ध्यान दिँदै सुरक्षामा कडाइ गरिएको गौतमले बताउनुभयो । मुख्यगरी सीमाबाट साना हतियार आउनसक्ने भएकाले यसतर्फ प्रहरीले सुरक्षामा कडाइ गर्न लागेको उहाँले बताउनुभयो ।

चितवनको पूर्वी नाका लोथर र अर्काे नाका मुग्लिन क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले चेकप्वाइन्ट खडा गरी जाँचलाई कडा गर्ने प्रक्रिया सुरु भएको चितवन प्रशासनले जनाएको छ । यस्तै ठोरीको सीमानाका तथा नवलपरासीबाट आउने पुलचोक क्षेत्रमा समेत सुरक्षामा कडाइ सुरु भएको सहायक प्रजिअ गौतमले जानकारी दिनुभयो । ।

  

सार्कमा आउने विदेशी पाहुना चितवनको पर्यटकीय नगरी सौराहामा पनि आउनसक्ने भएकाले सो क्षेत्रमा समेत सुरक्षा व्यवस्थामा कडाइ गर्न लागिएको छ । सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल हो । यो क्षेत्र विदेशमा पनि परिचित भएकाले जङ्गली जनावरको अवलोकन तथा विश्वसम्पदा सूचीमा रहेको चितवन निकुञ्जको भ्रमण हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More