सार्वजनिक यातायात सञ्चालन हुने समाचार गलत : यातायात व्यवसायी महासङ्घ

4 July, 2020 22:48 | जन सरोकार | comments | 24150 Views

केही संचार माध्यममा असार २१ गते आइतबारदेखि सार्वजनिक यातायात संचालन हुने भनेर गरेको समाचार सम्प्रेषण गलत रहेको भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बताएको छ । महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको समेत स्पष्ट पारेको छ ।

केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ ।

  

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ ।

महासङ्घले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ । महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More