सावधान ! बालबालिकालाई धेरै लिची खान नदिनु मृत्यु नै हुनसक्छ

14 June, 2019 15:16 | जल/वातावरण/स्वास्थ्य | comments | 159300 Views

अहिले मीठो फल लिचीको याम हो र सहजै पाइने हुँदा अत्यधिक सेवन गर्दा यसले ज्यानै लिनसक्छ भन्नेतर्फ हामी सबै सचेत हुनु जरुरी छ । पछिल्लो तीन सातामा लिची धेरै खाएका कारण ४७ जना बालबालिकाको मृत्यु भएको छ ।

adsads

समाचार हो बिहारको, त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार लिचीमा हुने एक रसायनका कारण ती बालबालिकाको मृत्यु भएको हो । जसलाई सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोम भनिन्छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो । रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको छ । चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ ।

विज्ञहरूका अनुसार लिचीमा त्यस्तो प्रकारको रसायन हुन्छ । लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ । जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ ।

लिचीले लियो दुई वर्षीय बालकको ज्यान

विहारका स्वास्थ्य अधिकार सञ्जयकुमारका अनुसार मुजफ्फारपुर धेरै लिची फल्ने क्षेत्र हो । बालबालिकाको मृत्यु हुनुमा लिचीको भूमिका छ भन्ने हाम्रो शंका हो तापनि सत्य हो की जब तापक्रम घट्छ र पानी पर्छ । लिची खाए पनि नखाए पनि यस्ता घटना हुँदैनन् ।

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए ।

मुजफ्फारपुरका दुई अस्पतालले गत जनवरीदेखि नै यस्ता किसिमका १ सय ७९ वटा बिरामी भर्ना गरेका थिए । बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको छ ।

खाली पेटमा लिची खाँदा ज्यान नै जान सक्ने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!