सिंगापुर टी २० सिरिजमा नेपाल जिम्बाब्वेसंगको दोस्रो खेलमा पनि पराजित

2 October, 2019 00:21 |खेल | comments | 3450 Views

    सिंगापुरमा जारी टी २० त्रिकोणात्मक सिरिजमा नेपाल जिम्बाब्वेसंगको दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार साँझ सम्पन्न खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो ।

    adsads

    टस हारेर जितेर पहिलो फिल्डिङ रोजेको जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । सिंगापुरबिरुद्ध शतक प्रहार गरेका कप्तान पारस खड्का सस्तैमा पेभेलियन फर्कदा नेपाल सुरुदेखि नै दवावमा परेको थियो । नेपालका लागि विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि अन्य व्याट्सयानहरुले ठूलो साझेदारी हुन सकेन ।

    विजयका लागि १६१ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो रहेन । इशान पाण्डेको स्थानमा टिममा आएका पवन शरार्फले खाता नै खोल्न सकेनन् । उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि मात्र चार रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र ५ रन थियो । पारस खड्का पनि १२ रनमा आउट भए । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाइरहृयो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बे‍ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएको थियो । जिम्बाब्वेको पनि सुरूवात राम्रो थिएन । खाता नै खोल्न नपाउँदै पहिलो विकेटको रुपमा ब्रियन चारीलाई गुमाएको थियो । टिमको स्कोर ३० रन हुँदा रेगिस चकक्भा पभेलियन फर्किँएपछि जिम्बाब्वे दबाबमा आएको थियो तर कप्तान सेन विलियम्सले पारी सम्हाले ।उनले विष्फोटक ब्याटिङ गर्दै चार चौका र तीन छक्का प्रहार गर्दै ३५ बलमा ५३ रन बनाए । त्यस्तै, रियन बरलले अविजित २७, पिटर मोर २१ र टिनोटेन्डा मुटम्बोद्जीले २० रन बनाए ।

    नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २(२ विकेट लिए । सोमपालले चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । कप्तान पारस खड्का र अविनाश बोहराको नाममा समान १-१ विकेट रह्यो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!