सिंहदरबारभित्र एक कर्मचारी मृत अवस्थामा फेला

20 August, 2019 16:25 | जन सरोकार | comments | 18750 Views

मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारभित्र राष्ट्रिय योजना आयोगका एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । समाचार अनुसार आयोगका सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् ।

ads ads

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका छ । केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ । आयोगका कर्मचारीले विहान ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले फरेन्सिक र सिन अफ क्राइम वि‍‌ज्ञ टोली घटनस्थलमा पुगेको छ । प्रारम्भिक चरणमा अपराधस्थलको संरक्षण गरेर सबुत संकलन प्रक्रिया थालिनेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More