सिद्धबाबामाथिको आरोप : फसाउने षड्यन्त्रका सनसनीपूर्ण तथ्य

6 December, 2019 12:16 | बिचार | comments | 271050 Views

 – योगी नेपाली

नेपालको पूर्वि शहर धरान नजिकै रहेको चतरामा आश्रमको स्थापना गरी बस्ने सिद्ध बाबाले परिचित, नेपालका सन्त श्री कृष्णदासजी ले एक बिबाहित महिलालाई बलात्कार गरेको भन्ने शिर्षकको खवर अहिले नेपालका सबै मिडियामा चर्चाको बिषय र हेडलाईन बन्न पुगेको छ ।

पिडित भनिने महिलाले यो घटनालाई अदालतमा मुद्दा दर्तागराईसकेको अबस्थामा नेपालको नामचलेको एउटा टि.भी. च्यानलले पिडित भनिएकि महिला र सिद्धबाबा बिच भएको कुराकानीको अडियो भएको भिडियो बजाईदिन्छ, जसमा सिद्धबाबाको स्वरनिकालेर माफि मागिएको हुन्छ ।

adsads

यो भिडियो प्रसारण उप्रान्त सबै मानिसहरु सिद्धबाबालाई दोषि भएको निर्क्योल गर्छन र उनीहरु आफु कानुनी व्यवसायी झै आफ्नो फैसला सुनाउंदछन् । प्रसारण गर्दा प्रस्तोताले यसरी प्रस्तुत गर्दछन् मानौ उनी नै न्यायधिस हुन, उनी सधै नै सहि गर्छन, उनलाई सबै कुरा थाहा छ, उनी कहिलै गल्ती गर्दैनन र त्यो भिडियो पूर्ण सबुत प्रमाण हो ।

रबि लामिछाने भनेर चिनिने ति नाम चलेका पत्रकारले सिद्धबाबालाई एउटा दैनिक गुजारा गर्ने, घरघरमा भिक्षाटनमा जान खरानी घसेर हिडने वा भनौ शिवरात्रीमा पशुपतिमा आउने एक सर्बसाधारण बाबा वा एक निरिह ढोंगी बाबा जस्तो हेपेर, सिद्धबाबाको बारेमा उनको विगत र उनले चालेका वा गर्नलागेका महानकार्य मध्ये कुनै पनि बिषयबारेमा बोल्दैनन । उनको यो एकतफि प्रसारण पश्चात उनलाई धेरैले फोनमा वा म्यासेजमा पठाएर यसबारेमा सचेत गराउन खोज्दा दोश्रो पटक उनी यस शिषर्कमा फेरी खवर प्रसारण गर्दछन र उनले केहिदिन अघि प्रसारण गरिएको उक्त भिडियो त्यतिकै प्रसारण नगरेको, केहि बुझेर नै प्रसारण गरेको भन्दै सफाई दिन्छन, केहि अरु अडियो सुनाउछन् र भिडियो सहि हुने दावी गर्दछन् तर फेरि आफु बच्नकालागि बिशेषज्ञहरुले भिडियो बारेमा अनुसन्धान गरेमा सिद्धबाबाको बोली हो वा हैन साथै भिडियो कहां कसरी रेकर्ड भएको हो सो पत्तालगाउन सकिन्छ भन्छन् ।

ति पिडित भनिने महिला मुद्दा दायर गर्छिन तर भिडियो प्रमाण सुरक्षा निकायलाई नदिई टेलिभिजनमा जान्छिन, मुद्दालाई प्रभावित गर्न र जनमानसमा भ्रम छर्न । अदालतमा बिचाराधिन रहेको मुद्धामा यसरी सिद्धबाबाका बारेमा प्रसारण गरी नकारात्मक भिडको थुप्रो जम्मागर्न, र ति भिडले भएजती गालीहरु गर्न भ्याउंछन र यि सिद्धबाबा नै अपराधि हुन भनी यि पढेलेखेका मनुवाहरुलाई प्रर्याप्त हुन्छ । अहिले सिद्धबाबाका बारेमा आलेख लेख्ने पनि यो कुन ग्रहबाट बोल्दैछ जस्तो मानिसले धारणा बनाईसकेको देखिन्छ सोसल मिडिया हेर्दा । मुल्धारे नाम चलेका मिडिया ले एकतर्फीमात्र समाचार प्रसारण गरेको हुनाले केहि कुरा नराखि बस्न नसकेकाले २, ४ वटाकुराहरु यहां राख्ने धृष्टता गर्दै छु ।

हो, बलात्कार एक अति नै संवेदनशील अपराध हो, त्यसमा कुनै दुईमत हुंदैन । बलात्कारी भन्ने सुन्ने बित्तिकै हाम्रो समाज अति सजग छ, र बलात्कारीलाई पूर्ण सजायहुनु पर्दछ, बलात्कारीलाई सजाय हुनु हुंदैन कसैले भन्छ भने त्यो सद्दे मान्छे हैन, त्यसलाई मानसिक अस्पतालमा तुरुन्त भर्ना गरी सजाय हुनुपर्दछ । तर, जो बलात्कारी हो भनि आरोपित भएको छ, त्यसको अदालते प्रमाणित पनि त गर्नुपर्यो । कतिपय अबस्थामा महिलाले पनि त बलात्कारको बम प्रयोगगरी कुनै पुरुषलाई फसाउन वा मानहानी गर्न त खोजेको छैन भनी त्यो पाटोबाट पनि समाज किन सोच्दैन ? त्यसमा पनि यि महिलाको हर्कत हेरी । यदि प्रमाणित हुनु पर्दैन भने, तपाईको घरमा एकमहिला आएर निवस्त्रभई तपाईलाई अचानक अंकमाल गरीन र त्यहि बेला ति महिलाले कसैलाई फोटो खिच्नि लगाईन र तपाईलाई बलात्कारी भनिन भने के हुन्छ ? यहां पुरुष पनि त मारमा परेको हुंदैन र ? भलै यस्ता घटना अलि कमैछन् तर त्यो पाटोले किन तपाई सोच्नुहुन्न जबकि सिद्धबाबाले त्यो मैले बोलेको भिडियो हैन भनेर भनी रहनुभएको छ भने ?

अरु बलात्कारी मुद्धा भन्दा यो अति नै दुराषय युक्त छ जस्तो लाग्छ, र सबैलाई एउटै कित्तामा राखी दांज्नु भएन । ति महिला आश्रममा जान्छिन र त्यहांका केहि मलिालाई सिद्धबाबासंग भेटाईदिनु परो भन्छिन, त्यस्तै कुनै प्रसंगमा ऋणमा डुवेको पनि भन्छिन, तर व्यक्तिगत रुपमा उहांभेटनु हुन्न भनेपछि उनी फर्किन्छिन, हांसी खुशी आश्रमबाट बिदा हुन्छिन । उनी बलाकृत भएको भए रुनू पर्ने चिच्याउनु पर्ने, कसैलाई बोलाउनु पर्ने, धरान, इनरुवा वा बिराटनगर गई वा नजिकैको पुलिस चौकिमा रिपोर्ट गर्नुपर्ने वा अस्पतालगई चेक गर्ने लगाउनु पर्ने आदि आदि, तर कुनै पनि यि कार्य भएन ।

पीडित भनिने महिलाले सिद्धबाबालाई म्यासेज पठाउँछिन “जम्मा ४४ दिन छ, कसरी पूर्ण बनाउने हो… तपाईको चरणमा ढोग गर्न पाउँ, आलिंगन गर्न पाउँ, नभए म जे पनि गर्न तयार छु आदि आदि…” यसरी बारम्बार म्यासेज पठाएपछि र फोन पनि गरेपछि आश्रमका स्वयंसेवहरु आजित हुन्छन र साइवर क्राइमको मुद्दा दर्ता गराउँछन् । यी कुराहरुमा ती नाम चलेका पत्रकार किन केही पनि भन्दैनन् ?

त्यस्तै आश्रमका व्यत्तिहरुसंग कुरा गर्दा, आफ्नो पूर्व योजना अनुसार, कुराहरुलाई आफ्नो फोनको पछाडि आफ्नो श्रीमानको फोन राखी रेकर्ड गर्छिन र सबै कुराहरु पत्रकारलाई नदिई आशिंक भाग दिई भिडियो लाई सत्यता भएको प्रमाणि गर्दछिन, यो अति दुर्भाग्य हो ।

सरसर्ती हेर्दा सिद्धबाबा लाई यसरी जनसामु गिराउनुका निम्न कारण हुनसक्छ :

(क) आरिष:

सिद्धबाबाले पाशुपत सिद्धमहायोगको दिक्षा नेपाल लगायत विदेशको क्यानडा, बेलायत लगायत अन्य ठाउंमा दिई मानिसहरुमा योग र ध्यानबाट आफुमा रहेको दैवीक इनर्जी जसलाई कुण्डलिनी शक्ति भनिन्छ, लाई जगाई शरीरमा रहेको विकारहरुलाई निकाल्ने, शरीर स्वस्थ्य र तन्दुरुस्त गराउने बिधी सिकाउदै आउनु भएको छ । छोटो अभ्यासबाट पनि तुरुन्त अनुभव गर्न सकिने सरल महायोग बाट शरीररमा इम्युन सिस्टमलाई राम्रो बनाई स्वस्थ्य हुने बिधीबाट धेरैलाई लाभ भएको महसुस भयो र सिद्धबाबाको लोकप्रियता दिनहुं गुणत्मक रुपमा बढदो रह्यो । बाबाको प्रसिद्धि प्रति आरिस गर्नेहरु पनि भए, किनभने बाबाले कथा वा पुराण नसुनाई व्यवाहारिक ज्ञान दिएकाले वच्चा, युवा, बृद्ध, महिला, पुरुष, जुनसुकै जात धर्मकाले आफ्नो विश्वासमै रही यो साधना गर्न सिकाउनु भयो । साथै सिद्ध बाबाले जमिन मुनि बसी समाधि लिएर ब्यबहारिक महायोगको प्रयोग देखाउनु भयो, नेपालका ठूला बडा पनि उहाका चेला भए, आकर्षित भए |केहि तत्व यसको आरिषगर्न थाले |

(ख) हिन्दु धर्मको आरिस र हिन्दुराज्य फर्किने डर

सिद्धबाबाको योग साधना गर्नेको लर्को देशभरी नै भएकोले साथै सिक्ने व्यक्तिहरु गुणात्मक रुपमा बृद्धि भएकोले यहि रुपमा बृद्धि हुंदै गएमा प्राचिन कथा र किवदन्ती सुनेर पुजाआजामा सिमित नेपालका हिन्दुहरु यस्तो बैज्ञानिक र लाभदायी हिन्दु धर्मका असल ज्ञान वा यसको महत्व जनमानसमा पुग्न गै यत्र तत्र छरपस्ट भएका हिन्दुहरु एकजुट हुन सक्ने र हिन्दुहरुको एकता हुन गै पछि पुनः हिन्दुराष्ट्र हुन बल पुग्ने ।

(ग) हरित क्रान्तिका बिरोधी

सिद्धबाबाले देशको विकासका लागि हरितक्रान्ती नगरी नहुने भनि प्रदेश नम्बर १ का प्रदेश प्रमुखसग सहकार्य गर्ने भनि अगाडि बढेको अबस्थामा यो अभियानमा आरिस गर्नेहरु । यो हरितक्रान्ती भनेको अर्गानिक फार्मिड. गर्ने र स्थानीय बजारमा खपत नभएको सामान निर्यात गर्ने प्रोग्राम थियो ।

(घ) जडिबुटि प्रषोधन र आयुर्वेद विश्वविद्यालयको डर

नेपालको उत्तरी लेकमा पाइने सल्लोको खोटो बाट क्यान्सर रोगको उपचारकालागि औषधि तयार गरी भारतीय आयुर्र्बैदिक कम्पनीले करोडौं कमायो हामी पनि सो कार्य गर्न सक्छौ भनी घोषणा गर्नु भएको, यो कार्यका लागि सरकारी निकायलाई घच्घच्याउनु भएको र बिबिध ध्यान कार्यक्रममा बिभिन्न रोगका बारेमा तुरुन्त आर्युवैदिक औषधि बताउने गर्नु भएको थियो । नेपालले आफ्नै औषधि प्रषोधन गरेमा,आयुर्वेद विश्वविद्यालय बनेमा नेपाल सम्पन्न हुने र यो मार्केटबाट लाभ लिइरहेका लाई हानी हुने ।

(ड.) चतरा धार्मिक क्षेत्रहुने डर

चतरा र बाराह क्षेत्रलाई हिन्दुहरुको एक प्रमुख शिरमा रहेको तिर्थस्थलहो, तिर्थ गर्न भारत तर्फ नै जानु पर्दैन, नेपालको यो अति प्राचिन तिर्थमा गरिएको धार्मिक कार्य तथा अनुष्ठानले अति पुन्यहुने प्रचार प्रसार हुन गै रहेकोले यसको आरिष गर्ने बर्ग |

(च) जगदगुरुको उपाधिको आरिष

चार महिना अघि मात्रै उहांले जगदगुरुको टाइटल पाउनु भएको थियो । हेर्दा यस्तो लाग्दछ, यो उहांलो पाउनु भएको उपाधि नेपाल लगायत भारतका धार्मिक अभियन्ता वा कुनै सम्प्रदायका गुरुहरुलाई मन नपरेको हुन सक्छ ।

यि सबै बिषयलाई नजिकबाट केलाउंदा आयुर्वेद विश्वविद्यालय,जडिबुटी प्रषोधन, धर्मशाला स्थापना, हरित क्रान्ति, धार्मिक पर्यटकिय क्षेत्रको बिकास र ध्यान र योगको साधनाबाट आरोग्य हुन बाट नेपालीलाई बन्चित गराउने तत्वले सिद्धबाबालाई गिराउन सकिएमा यि सबै अभियानहरु तुहिएर नेपालीहरु उही अन्धो परम्परामा यत्रतत्र भै जकडिएर गरिबि मै बसुन भन्ने मात्र देखिन्छ ।

सम्माननिय अदालतमा यो मुद्दा छ र सुरक्षा निकायले यसलाई बिषय र प्रकृति हेरी राम्ररी अनुसन्धान गरीरहेको कुरा प्रहरि प्रवक्ताहरुबाट मिडियामा आएको छ र साथै ति महिलाले पठाएका म्यासेजलाई लिएर साइबरक्राइमको मुद्दालाई पनि संगै हेर्नु भन्ने आदेश दिएकाले आशा छ, सांचो दोषी को हो र ति पिडित भनिएकि महिलाको पछाडि कुन शक्ति वा कुन दवावको कारणले यति निच हर्कत गर्न पुगिन भन्ने पनि पर्दाफास हुने छ र त्यो गिरोहलाई शक्त सजाय हुने छ । आफै आलिङ्गन गर्ने लालयित हुने र न गरे धम्कि दिने ति पिडित भनिएकी महिलालाइ सिद्ध बाबाले बलात्कार गर्नु भयो भन्ने सुन्दा पनि आश्चर्य लाग्दछ, यदि सिद्ध बाबाले गल्ति नै गरेको भए यथेस्ट प्रमाण सहित सबैलाइ चित्त बुझ्दो हुनु परो | ठूला मिडियाले एक पाटो मात्र प्रसारण गरेकाले यो अर्को पाटोका केहि आंशिककुराहरु मात्र लेख्ने प्रयास गरेको हु |

(प्रस्तुत विचार लेखकका निजी हुन सम्पादक मण्डलबाट कुनै काँटछाट गरिएको छैन)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More