सिद्धबाबालाई सात दिन म्याद थप- अस्पतालमै हिरासतकक्ष बनाएर बयान लिइने

6 December, 2019 19:40 | जन सरोकार | comments | 9150 Views

एक महिला अनुयायीले बलात्कारको आरोप लगाएपछि प्रहरी नियन्त्रणमा रहनुभएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सात दिनको म्याद थप गरेको छ । माइनर हर्टएट्याकका कारण विराट नर्सिङहोममा उपचार गराइरहेका गिरीलाई शुक्रबार एम्बुलेन्समा हालेर अदालत पुर्‍याएपछि सुनसरी जिल्ला अदालतले म्याद थप गरेको हो ।

adsads

विराट नर्सिङहोममा उपचार गराइरहेका सिद्धबाबालाई सोमबार प्रहरीले आईसीयूबाटै नियन्त्रणा लिएर चार दिन म्याद थप गरेको थियो । शुक्रबार अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो ।

अदालतमा म्याद थप पछि उहाँलाई विराट नर्सिङहोममा नै भर्ना गरिएको छ । गत सोमबार अदालतले ४ दिनको म्याद थप गरेको थियो ।

सुनसरीको चतरा धाममा जगतगुरु श्रीरामानन्दचार्य सेवापिठ सञ्चालन गरिरहेका गिरीमाथि गत कात्तिक ४ गते आफू बलात्कृत भएको दाबी गर्दै कास्कीकी एक महिलाले एक महिनापछि प्रहरीमा जाहेरी दिएकी थिइन् ।

मंसिर १२ गते अस्पताल भर्ना भएका गिरीलाई माइनर हर्टएट्याक भएपछि मंसिर १५ गते आईसीयूमा सारिएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले ९ नम्बर डिलक्स कक्षमा सारेको छ । अस्पतालको डिलक्स कोठालाई हिरासत कक्ष बनाएका सिद्धबाबाको अस्पतालमै बयान लिइने सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More