सिन्धुपाल्चोकमा त्रास : कोरोनाको लक्ष्यणसंग मिल्ने एक सयभन्दा बढी बिरामी

12 February, 2020 12:26 | जल/वातावरण/स्वास्थ्य | comments | 59850 Views

उत्तरी छिमेकी मुलुक चीनसंग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसंग मेल खाने शंकास्पद रोगका कारण १०० जनाभन्दा बढी बिरामी भएपछि त्रास फैलिएको छ । चीनबाट नजिकको दूरीमा रहेको जुगल गाउँपालिकामा माघ २३ गतेदेखि यस्तो लक्ष्यण देखिन थालेको हो ।

जुगल गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा कोरोना भाइरस जस्तै शंंकास्पद रोगको लक्षण देखिएपछि सहयोग गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । गाउँपालिकाले एक पत्र लेख्दै “विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध” गएिको छ ।

  

यता, गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार माघ २३ गतेबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा आजसम्म बिरामी हुनेको संख्या १ सय भन्दा बढी पुगेको छन् । चीनबाट नजिकको दूरीमा भए पनि शंंका मात्रै भए पनि आवातजावत नभएको कारणले शंका भरमा त्रास नफैलाउन आग्रह गर्नुभएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको बताउँदै जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मी, औ’षधि र माक्स खरीद गरी पठाइसकेको बताउनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More