सिन्धुपाल्चोक बस दुर्घटना- मृत्यु हुनेको संख्या १० पुग्यो

11 October, 2019 16:48 |जन सरोकार | comments | 5250 Views

    शुक्रबार विहान सिन्धुपाल्चोकको भोटसिपामा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार यसरी मृत्यु हुने ३ महिला, ६ पुरूष र १ बालक रहेका छन् ।

    adsads
    उनीहरूको पहिचान हुन बाँकी रहेको छ ।

    इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

    बा २ ख २७१५ नम्बरको बस आज शुक्रबार बिहान करिब १० बजेतीर इन्द्रावती गाउँपालिका(१०को भोटसिपा स्थित बडहरे चोकमा दुर्घटनामा परेको हो।

    इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बस सडकबाट २ सय मिटर तल खसेको थियो । बसमा ४५ देखि ५० जना यात्रु सवार रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार छ ।

    स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!