सिप्रदी सिप्रदी

  • सिप्रदी
  • सिप्रदी
  • सिप्रदी

सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा तीन बिमा कम्पनीसँग सम्झौता

21 August, 2019 15:48 | कर्पोरेट/पर्यटन | comments | 17400 Views

सिप्रदी

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले तीन बिमा कम्पनीसँग सम्झौता गरेको छ । सिप्रदीले एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग नगद रहित बिमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

adsads

काठमाण्डौँ स्थित सिप्रदी टेड्रिङ प्रालिको मुख्य कार्यालयमा आयोजित एउटा समारोहका माझ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सिप्रदी कम्पनीका उपाध्यक्ष सौरभराज थपलिया, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा कम्पनीजका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र ओरियन्टल इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक एमडी नायरले सम्झौता पत्रमा हस्ताक्षर गरे । यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो जुन नेपालकै पहिलो हो ।

यो योजनाका मार्फत दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्नेछन् ।

सिप्रदी

सिप्रदीका ग्राहकहरूलाई द्रुत, सहजै प्राप्त गर्न सकिने र झञ्झटमुक्त सेवाहरू प्रदान गर्न यो व्यवस्था फाइदाजनक साबित हुनेछ । सिप्रदीले हालसम्म चारवटा बीमा कम्पनीहरूसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ र आगामी दिनमा अझ धेरै ग्राहकहरूलाई सेवा उपलब्ध गराउने उद्देश्य सहित अन्य बीमा कम्पनीहरू सँग सहकार्य गर्ने योजना रहेको छ ।

सुनील र आरिफलाई सिप्रदीको साथ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सिप्रदी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More