सिराहा र विराटनगरका कोरोना संक्रमित दुई पुरुषको उपचारका क्रममा मृत्यु

14 August, 2020 14:20 | जल/वातावरण/स्वास्थ्य | comments | 13650 Views

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोशी अस्पतालमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

मृत्यु हुनेमा सिरहा बिष्णुपुर गाउँपालिकाका ४० बर्षीय र विराटनगर १५ का ३० बर्षीय दुई पुरूष रहेका छन् । कोशी अस्पतालको आइसोलेसन वार्डका संयोजक लक्ष्मीनारायण यादवले दिएको जानकारी जानकारी अनुसार दुवैको बिहीबार नै मृत्यु भएको हो ।

  

सिकिस्त अस्थामा भर्ना भएका बसिराहाका पुरूषलाई निमोनिया देखिएको थियो । बिरामीलाई श्वाप्रश्वासमा समस्या र निमोनिया देखिएको थियो उपचारकै क्रममा मृत्यु भएको हो ।

बिराटनगरका पुरूषलाई पनि बिहिबार बिहानै ११ बजे तिर उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले अस्पतालमा ल्याइएको थियो । सुरूमा जाँच्दा कोरोना नेगेटिभ आए पनि पछि जाँच्दा पोजेटिभ आएको थियो। उनको बिहिबार बेलुका ४ बजे मृत्यु भएपछि पुनः स्वाब टेस्टमा पठाएकोमा शुक्रबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More