‘सीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा’

23 October, 2019 10:15 |राजनीति | comments | 4350 Views

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको बताउनुभएको छ । मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणः एक परिचर्चा’ विषयको कार्यक्रममा उहाँले भ्रमणले नेपाल र चीनबीच सम्बन्ध स्थापना गर्न कोशेढुङ्गा सावित भएको धारणा राख्नुभयो ।

    adsads

    उहाँले चीनका राष्ट्रपति सीको भ्रमणबाट कुनै देश आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भ्रमणले नेपालको अन्तर्राष्ट्रिय उचाइसमेत बढाएको भनाइ राख्नुभयो । “कोदारी राजमार्ग बन्दा पहिले कम्युनिष्ट मात्र त्यही बाटोबाट आउँछ भन्ने गरिएको थियो”, उहाँले भन्नुभयो, “त्यो बाटोमा विचार कुनै गाडीमा चढेर आउने होइन भन्ने बुझिएको थिएन । भ्रमणले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा उचाइ बढेको छ ।” उहाँले रेल, पूर्वाधार जस्ता भौतिक लाभमात्र नभई सीमा व्यवस्थापनसम्बन्धी सहमति गरेर राष्ट्रपति सीले नेपालको चाहनालाई सकारात्मक रुपमा बुझेको बताउनुभयो ।

    “सीको भ्रमणलाई भौतिक लाभसँग मात्रै जोडेर हेर्न हुँदैन”, उहाँले भन्नुभयो, “अब नेपालले शान्ति, स्थायित्व, आर्थिक विकास र समृद्धिलाई ख्यालमा राखेर हाम्रा कदम चाल्नु पर्दछ ।’’ उहाँले चिनियाँ कम्युनिष्ट पार्टी जस्तै नेकपाले पनि जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभयो । नेता नेपालले चीनसँगको सम्बन्धमा अहिलेसम्म कुनै समस्या भोग्नु नपरेको समेत बताउनुभये ।

    कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य धनश्याम भुसालले चीनका राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक मोडमा प्रवेश गरेको बताउनुभयो । “यो भ्रमणले ठूलो उपलब्धि हासिल भएको छ”, उहाँले भन्नुभयो, “भ्रमणमा भएका सहमति र सहकार्यले मुलुकले कोल्टे र्फेनेछ ।”

    नेपाल पहिले पनि भूजडित मुलुक रहेको उल्लेख गर्दै उहाँले पुनः चीनका राष्ट्रपतिले भूजडित मुलुक बनाउन सहयोग गरेको समेत बताउनुभयो । “नेपाल भूपरिवेष्टित राष्ट्र होइन । पहिले पनि भूजडित रहेको थियो”, उहाँले भन्नुभयो, “आजफेरि राष्ट्रपति सीको भ्रमणले नेपाल भूजडित राष्ट्र भएको छ ।”

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सीको भ्रमणले नेपालले ऐतिहासिक अवसर प्राप्त गरेर अगाडि बढ्ने बताउनुभयो । भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै गएको उल्लेख गर्दै उहाँले दुई देश बीचको आर्थिक, सामाजिक विकास, पूर्वाधार विकासमा साझेदारीको सम्भावना बढाएको बताउनुभयो ।

    सीको भ्रमणले चीनको लगानीको सम्भावना बढेको उल्लेख गर्दै उहाँले भ्रमणले अन्तर्राष्ट्रिय मञ्चको समेत ध्यानाकर्षण गरेको र नेपालको अन्तराष्ट्रिय जगत्मा महत्व बढाएको बताउनुभयो । उहाँले छिमेकीले देखाएको सहकार्य र सद्भावबाट राजनीतिक र कूटनीतिक सम्बन्धलाई विकासे साझेदारीको रुपमा लैजानुपर्ने बताउनुभयो ।

    कार्यक्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले चीनका राष्ट्रपति सीको भ्रमणले नेपालको अन्तराष्ट्रिय छविलाई माथि उठाएको बताउनुभयो । उहाँले चीनसँगको सम्बन्ध सामान्य कूटनीतिक सम्बन्धमात्र नभएर रणनीतिक सम्बन्धमा उक्लिएको बताउनुभयो ।

    “नेपाल भ्रमण–२०२० आउँदै गरेको अवस्थामा उहाँको भ्रमणले चिनियाँ पर्यटक नेपाल भित्र्याउन ठूलो सहयोग मिल्ने छ”, उहाँले भन्नुभयो, “चीनका अधिकांश मानिस बौद्ध धर्म मान्दछन् । भ्रमणमा धेरै चिनियाँ नेपालमा रहेको गौतम बुद्ध हेर्नका लागि पनि चिनियाँ पर्यटक आउनेछन् । त्यसैले भ्रमणको संस्थागत प्रवद्र्धन चीनबाट समेत हुनेछ ।”

    राष्ट्रपति सीको भ्रमणले द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा : उपप्रधानमन्त्री पोखरेल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!