सीमा समस्याका विषयमा छलफल नै नहुने सीमा सुरक्षा बैठक

15 November, 2019 14:00 |जन सरोकार | comments | 6300 Views

    भारतले लिम्पियाधुरा क्षेत्र आफ्नो नक्सामा पारेपछि यसले चर्को रुप लिइरहेका बेलाा मंसिरको पहिलो साता नेपाल र भारतबीच पोखरामा सीमा सुरक्षा समन्वय बैठक हुँदैछ । बैठकमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर सार्वजनिक गरेको विवादित राजनीतिक नक्साका साथै अन्य स्थानका सीमा समस्याबारे भने बैठकमा प्रवेश पाउने छैनन् ।

    adsads

    मंसिर ४ देखि ६ सम्म पोखरामा हुने सो बैठकमा केबल अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त सुरक्षा गस्ती, सूचना आदानप्रदानलगायत विषयमा छलफल हुनेछ गृह मन्त्रालय स्रोतले बताएको छ । सीमा सुरक्षा जिम्मा पाएका दुवै देशका सुरक्षा निकायका प्रमुखसहितको बैठकमा नवलपरासी र दार्चुलाका सीमा विवादको विषय प्रवेश हुँदैन ।

    बैठकमा सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखसहित दुवै देशका सुरक्षा अधिकारी बैठकमा सहभागी हुनेछन् । बैठकमा पेस गर्ने एजेन्डा सशस्त्र प्रहरीले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । नेपालबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्रा बैठकमा सहभागी हुनेछन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More