‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’- वरिष्ठ पत्रकार रिसाल

15 November, 2019 19:40 |जन सरोकार | comments | 4350 Views

    वरिष्ठ पत्रकार भैरव रिसालले अहिलेको समय भारत र नेपालबीचको सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर रहेको बताउनुभएको छ । संवाद डलबीले शुक्रबार आयोजना गरेको सीमा सुरक्षा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

    adsads

    त्यस क्रममा उहाँले जनताको भावनामा चोट आए राम्रो नहुने भन्दै सीमा सुरक्षाका विषयमा धेरै कुरा उठे पनि यसको समाधान कुनै पनि सरकारले गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार कमजोर बन्दै जानु पनि सीमा अतिक्रमणको प्रमुख कारण हो ।” सन् १९८१ देखि २०१८ सम्म भारतमा १० मात्र सरकार परिवर्तन भएको तर नेपालमा १८ वटा सरकार परिवर्तन भएका बताउनुभयो ।

    रिसालले सरकारलाई जनताको पूर्ण समर्थन रहेको उल्लेख गर्दै जुनसुकै संयन्त्र प्रयोग गरेर नेपाली भूमि फिर्ता गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश रोकायाले चीनले जस्तै नेपालले पनि जनतासँग पैसा उठाएर सीमामा पर्खाल राख्नुपर्ने बताउनुभयो ।

    नेकपाका अर्का नेता कर्णजित बुढाथोकीले भारतले नेपाली भूमि मात्र अतिक्रमण नगरेको जानकारी दिँदै अन्य छिमेकी देशको भूमि पनि अतिक्रमण गरेको बताउनुभयो ।

    कसले लुकायो लिम्पियाधुराको जनगणना र मतदाता नामावलीको लगत

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More