सुकुम्बासीका नाममा वाग्मती किनारको युएन स्तम्भ क्षेत्र अतिक्रमण

9 December, 2019 17:48 | जल/वातावरण/स्वास्थ्य | comments | 12450 Views

थापाथलीस्थित संयुक्त राष्ट्र सङ्घ (युएन) स्तम्भ क्षेत्रमा रहेको वाग्मती नदी किनारको सबैजसो जग्गा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । वाग्मती सफाइ महाअभियानको क्रममा धेरै टहरा बनाएर नदी किनारको जग्गा अतिक्रमण गरेको भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

adsads

“एउटै व्यक्तिका पाँचवटासम्म टहरा भेटियो, नदी किनारको जग्गा अतिक्रमण गरी टहरा बनाएर भाडामा लगाउने पनि रहेछन्, धेरै वटा टहराको अघितिर मोटरसाइकल, कारलगायत सवारी साधन पनि देखियो, टहरा बनाउनाका साथै नदी किनारमा तरकारी खेती, गाई, कुखुरा, हाँस, सुँगुरजस्ता चौपाया एवं पक्षीपालन गरेको पनि भेटियो”, उहाँले भन्नुभयो ।

सफाइका क्रममा अभियानकर्मीले तरकारीबारीमा लगाएको बार भत्काएर बालिदिएका छन् । नदी किनारको जग्गा अतिक्रमण गरी बनाएको बार भत्काएर बालेको केही समयपछि ठूलो सङ्ख्यामा आएको समूहले किन भत्काएको भनी प्रश्न गरेका थिए । सफाइका क्रममा टहरा नभत्काउन माइकिङ गरिएको सञ्चालक सदस्य खरेलले सुनाउनुभयो ।

नदी किनारको खाली जमीन जति अतिक्रमण गरी बसेको समूहले फोहर जति वाग्मतीमा मिसाउँदा नजीक जानै नसकिने गरी गन्हाउँछ । उपत्यकाको सभ्यताको स्रोत वाग्मती यसरी प्रदूषित बन्दा पनि सरोकार भएका कुनै पनि निकायले ध्यान दिन सकेका छैनन् । थापाथली क्षेत्रमा १३ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको सहभागितामा भएको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

नदी क्षेत्र अतिक्रमण लगाइएको बारको करिब १० मेट्रिक टन दाउरा सो अवसरमा जलाइएको थियो । लामो समयदेखि सुकुम्बासीका नाममा नदी किनार अतित्रमण गरेर बस्नेलाई सरकारले हटाउन नसक्दा पनि नदी सफाइले मूर्त रुप लिन नसकेको अभियाकर्मीको भनाइ छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More