सुकेटारमा डेढ महिनादेखि उडान ठप्पसुकेटारमा डेढ महिनादेखि उडान ठप्प

  • सुकेटारमा डेढ महिनादेखि उडान ठप्प
  • सुकेटारमा डेढ महिनादेखि उडान ठप्प
  • सुकेटारमा डेढ महिनादेखि उडान ठप्प
  • सुकेटारमा डेढ महिनादेखि उडान ठप्प
  • सुकेटारमा डेढ महिनादेखि उडान ठप्प
  • सुकेटारमा डेढ महिनादेखि उडान ठप्प

सुकेटार विमानस्थलमा तीन महिनापछि उडान शुरु

27 September, 2019 10:25 |कर्पोरेट/पर्यटन | comments | 7800 Views

    सुकेटारमा डेढ महिनादेखि उडान ठप्प

    हिमाली जिल्ला ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा तीन महिनापछि उडान शुरु भएको छ । असार ४ गते यता उडान नभएको विमानस्थलमा बिहिबारदेखि उडान शुरु भएको हो ।

    adsads

    यसअघि मौसम खराबीका कारण उडान नभएको विमानस्थलमा मौसममा सुधारसँगै उडान शुरु भए पनि यात्रु अभावमा जहाज रित्तै फर्किएको छ । काठमाडौँबाट नौ जना यात्रु लिएर आएको नेपाल वायुसेवा निगमको जहाज सुकेटारबाट यात्रु नपाएपछि रित्तै फर्किएको हो । यसअघि असार ४ गते पनि जहाज ताप्लेजुङबाट रित्तै फर्किएको थियो ।

    लामो समयसम्म उडान गर्न नसकेकाले यात्रु नपाएको स्थानीयको भनाइ छ । कहिले जहाज बिग्रिएर, कहिले मौसम खराबी लगायतका कारण नियमित उडान हुन नसक्दा काठमाडौँ–ताप्लेजुङ उडान भरपर्दोसमेत हुन नसकेको स्थानीयले बताए ।

    सुकेटार विमानस्थलमा नेपाल वायुसेवा निगमको विमानले साताको सोमबार, बुधबार र शनिबार ताप्लेजुङ–काठमाडौँ उडान गर्ने नियमित कार्यतालिका छ । नियमित उडान भने हुन सकिरहेको छैन । ताप्लेजुङ स्टेशन इन्चार्ज राजु कार्कीका अनुसार काठमाडौँबाट ताप्लेजुङका लागि धेरैले अग्रिम टिकट लिएका छन् । तर ताप्लेजुङबाट काठमाडौँका फाट्टफुट्ट मात्रै यात्रु आउछन् ।

    उडान शुरु भएपछि भने यात्रु अभाव नहुनेमा आफू विश्वस्त रहेको कार्कीले बताउनुभयो । मौसम र जहाजमा समस्या नआए नियमित उडान हुने उहाँको भनाइ छ ।

    सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने : पर्यटनमन्त्री भट्टराई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    सुकेटारमा डेढ महिनादेखि उडान ठप्प

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More