सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने : पर्यटनमन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा हुँदै आएको उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् । मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला आइपुगेका भट्टराईले बिहीबार बिहान विमानस्थलको अनुगमन गर्दै नियमित उडानका लागि विमानस्थलको सुधार तथा स्तरोन्नति गरिने बताए ।
मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी तथा पर्यटक सुविधाविहीन भएकाले विमानस्थलको स्तरोन्नतिमा ढिला नहुने उनको भनाइ छ । विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्न सक्ने गरी स्तरोन्नति गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने उनको भनाइ छ । तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा विस्तार गर्दै लगिने उनले बताए ।


मौसम खराबीकै कारण सुकेटार विमानस्थलमा हरेक वर्षको असारदेखि झण्डै असोजसम्म नै उडान अवरुद्ध हुने गरेको छ । नेपाल वायु सेवा निगमले उडान गर्दै आएको यस विमानस्थलमा गएको असारदेखि मौसम खराबीकै कारण उडान अवरुद्ध छ । साताको सोमबार, बुधबार र शनिबार उडान गर्ने नेपाल वायु सेवा निगमको नियमित कार्यतालिका छ । विमानस्थलमा नियमित उडान नहुँदा कञ्चनजङ्घा हिमाल, पाथीभरा मन्दिर आउने पर्यटकसमेत मारमा पर्दै आएका छन् ।
यसैबीच मन्त्री भट्टराईले बिहिबारै बिहान जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको ‘समुदाय–प्रहरी पुस्तकालय’ लाई सहयोग हस्तान्तरण गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले उपलब्ध गराएको तीन लाखको चेक फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई उनले हस्तान्तरण गरेका हुन् । मन्त्री भट्टराईको पहलमा उक्त रकम कम्पनीका महेश गुरागाईंले पुस्तकालयमा पुस्तक खरीदका लागि सहयोग गरेका हुन् ।
विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि पर्यटनमन्त्रीद्वारा सुकिलुम्बा विमानस्थलको अनुगमन
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
- हस्तिनापुरको कुकूरको कान्तिपुरको यात्रा
- प्राप्त उपलिब्धको रक्षा गर्न फेरि एकजुट भएर सङ्घर्षमा उत्रनुपर्ने
- प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
- माघ अन्तिमदेखि सञ्चालनमा आउँदै ‘जनकपुर–जयनगर रेल्वे’
- भारतीय अतिक्रमणको प्रतिकारमा नेपाली
- शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश : राष्ट्रपति भण्डारी
- कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति
- संसद विघटन मुद्दा- प्रमलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर
- सुरक्षा गार्ड जागीर- जिम्मेवारी ठूलो, पारिश्रमिक न्यून
- जस्तो बीउ उस्तै फल- आज गरेको कर्मको नतिजा भोलि पाउनु नै छ
- नेपालमा नयाँ प्रजातिको कोरोना- बेलायतबाट फर्किएका तीनजनामा संक्रमण भेटियो
- अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’ महाभियोग बोकेर फर्किँदै ट्रम्प
- दूषित पानी विक्री गर्ने नेपा मिनेरल वाटरमाथि अदालतमा मुद्दा दायर
- आउँदो असारसम्म सम्पन्न हुने गरी कोटेश्वर–जडीबुटी सडक निर्माण सुरु
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


