सुख दुःखमा साथ दिने उम्मेदवार पौडेलको प्रतिबद्धता

16 November, 2019 10:28 |राजनीति | comments | 6600 Views

    कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले जनताका सुख दुःखमा साथ दिने भन्दै अहोरात्र आफू जनताका काममा लागिपर्ने बताउनुभएको छ ।

    चुनाव प्रचारका क्रममा आयोजित घरदैलो कार्यक्रममा उहाँले जनताले उठाएका हरेक समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गनर्सभयो ।

    adsads
    उम्मेदवार पौडेलले बिहीबारदेखि पोखरा २० को साविक भलाम गाउँविकास समिति वडा नं १ बाट शुरु गर्नुभएको दुईदिने घरदैलो अभियान डाँडाखोर हुँदै आज मौजा, आँटीघर लगायतका क्षेत्रमा पुगेर सकिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

    उम्मेदवार पौडेलले मौजा आँटीघरमा पुगी १०६ वर्षीय आईतश्री दमिनीबाट आशिर्वाद लिनुभएको छ । अहिलेसम्म विभिन्न समय गरी ११ पटक मतदान गरिसकेको बताउँदै आईतश्रीले मत माग्न आउने उम्मेदवार जितेर गए पछि कोही पनि नफर्केको गुनासो गर्नुभयो ।

    वडाको घरदैलो अभियान समापन कार्यक्रममा राष्ट्रियसभा सदस्य विन्दादेवी रानाले वर्तमान सरकारलाई सही बाटोमा हिँडाउन पनि काङ्ग्रेसले जित्नुपर्ने बताउनुभयो । उहाँले संविधानको मर्म र भावनाअनुसार सरकार चल्न नसकेको उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य एवं प्रचार समितिका संयोजक विन्दुकुमार थापाले घरदैलोमा वर्तमान सरकारबाट जनता निराश भएको दावी गर्दै काङ्ग्रेसलाई जिताउन आग्रह गर्नुभयो । शनिबार पोखरा–११ वडा तथा आइतबार र सोमबार पोखरा ३३ भरतपोखरीमा घरदैलो गरिने चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More