सुगौली सन्धिले गुमेको भूमि नै फिर्ता हुन्छ १९५० को सन्धिको धारा ८ ले

12 November, 2019 11:55 |बिचार | comments | 11100 Views

    नेपालले हिम्मत गर्ने हो भने भारतले मिचेको भूमि मात्र हैन सुगौली सन्धिले गुमेको भूमि समेत फिर्ता पाउँछ– सन् १९५० को सन्धि टेकेर । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरी आफ्नो नक्सामा पारेपछि कायम भएको राष्ट्रिय सहमतिले सरकारलाई बल दिएका छ भने १९५० को सन्धिको धारा ८ का अक्षर अक्षर केलाउने काम भैरहेको छ ।

    adsads

    पृथ्वीनारायण शाहले टुक्राटुक्रामा विभाजित भएको नेपाल राष्ट्रलाई एकीकरण गरे । उनले थालेको एकीकरण अभियान उनका पुस्ताहरुले अझ विस्तार गर्दै सुगौली सन्धि नहुँदाका अवस्थासम्म कायम रह्यो । नेपाल अंग्रेजसंग युद्धमा पराजित भएपछि नेपालले आफ्नो भूमि गुमाउनु प¥यो– सुगौली सन्धिको नाममा । नेपाली भूमिमाथि यहीबाट अतिक्रमण सुरु भयो । सुगौली सन्धिले झण्डै अहिलेको आधा नेपाल गुम्न पुग्यो । अहिले त्यो सन्धिले गुमेको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने माग पनि उठाउन थालिएको छ ।

    अहिले भारतले सुगौली सन्धिले निर्धारण गरेको नेपालको पश्चिम सीमा अतिक्रमण गरी उसको नक्सामा गाभेपछि देशभर आन्दोलन चर्किएको छ । राष्ट्रियताको पक्षमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको छ । यससंगै कालापानी क्षेत्र मात्र हैन अब सुगौली सन्धिले गुमेको नेपाली भूमि फिर्ता हुनुपर्छ र १९५० को सन्धि अनुसार त्यो भूमि फिर्ता हुन्छ भन्ने विश्लेषण भैरहेको छ ।

    १९५० मा नेपाल र भारतबीच भएको ‘शान्ति तथा मैत्री सन्धि’को प्रावधान बमोजिम नै यो सन्धि स्वतः खारेज गरेको छ । सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धिको धारा ८ अनुसार सुगौली सन्धि समाप्त वा रद्द भएको मनिन्छ । तर पनि यसलाई नेपाली पक्षले गम्भीरतापूर्वक लिएका छैनन् ।

    सन् १९४७ मा भारत स्वतन्त्र भएपछि बेलायतले “हामी जसरी भारत आएका थियौं त्यसै गरी जाँदैछौं” भन्दै तमाम सन्धि तथा सम्झौताहरु अमान्य हुने बताएको थियो । त्यस्तै सन् १९५० मा नेपाल र भारतीबीच भएको ‘शान्ति तथा मैत्री सन्धि’को प्रावधान बमोजिम पनि सुगौली सन्धि स्वतः खारेज भएको मानिन्छ । तर, यो व्यवहारमा लागू छैन ।

    यसको विपरीत सुगौली सन्धिपछि खुम्चिएको नेपाल अझै पनि खुम्चिने क्रममा रहेको सीमा अतिक्रमणको निरन्तरताका घटनाले पुष्टि गरेका छन् । नेपालको वर्तमान क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर (५६ हजार ८ सय २७ स्क्वायर माइल) रहेको अभिलेख छ भने भारतले बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछि मात्रै पनि नेपालको कालापानी समेत गरेर लगभग १ हजार ६ सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफलको भूमि अतिक्रमण गरिसकेको छ ।

    १९५० को सन्धिको धारा ८ ले सुगौली लगायत नेपाल र तत्कालीन इष्ट इण्डिया कम्पनीबीच भएका सबै सन्धि तथा सम्झौताहरु खारेज गरेको छ । सो धारामा यो सन्धि कार्यान्यनमा आएपछि यसअघि भएका सबै सन्धि तथा सम्झौताहरू स्वतः खारे हुनेछ भनिएको छ । यस हिसाबले सन्धि अनुसार नै नेपालको भूमि फिर्ता हुन्छ भन्ने मानिए पनि नेपालका शासकहरूले सो विषयमा भारतसंग कुरा उठाउन सकेका छैनन् । त्यस्तै सन् १९५० को सन्धि मात्र हैन, भारतले कार्यान्वयन नगरेका जलस्रोत सम्झौताहरूको पालनामा समेत दह्रो कुरा राख्न सकेका छैनन् । भारतको चाकडी गरेरै सत्ता र शक्तिमा पुग्ने आकांक्षा राख्नेहरूकै कारण नेपालको राष्ट्रियता कमजोर मात्रै बन्दैगएको छ । यसपटक समय बदलिएको छ । भारतको बलमिच्याइबिरुद्ध राष्ट्रिय एकता कायम भएको छ । अब कालापानी मात्र हेन मिचिएका सबै भूमि फिर्ता हुनुपर्छ, भएका दस्तावेज र प्रमाणका आधारमा भारतसंग १९५० को सन्धिको धारा ८ उठाउनु पर्दछ ।

    यति गर्नसके भारत अवश्य हच्किनेछ । अहिलेसम्म भारतको बलमिच्याइबिरुद्ध दह्रो आवाज नउठाइएका कारण उसको हिम्मत बढेको हो । यसवटक नेपालले हिम्मत गर्ने हो भने सुगौली सन्धिले कायम गरेको सीमा मात्र हैन त्योभन्दा अगाडिको भूभाग पनि पाउनसक्ने प्रावधान १९५० को सन्धिको धारा ८ ले गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More