सुदुरपश्चिमका दर्जनौं स्थानीय निकायमा विप्लवको ताला

7 July, 2019 18:53 |प्रदेश ७ | comments | 36000 Views

    प्रतिबन्धित विप्लव समूहले सुदुरपश्चिमका जिल्लाका स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै शनिबार लगाएको ताला प्रहरीले तोडेको छ । भ्रष्टाचार बढेको भन्दै विप्लव नेकपाले शनिबार बेलुकी विभिन्न स्थानीय तहका कार्यालय ढोकामा ताला लगाएको हो ।

    adsads

    कञ्चनपुर, डडेलधुरा र अछामका विभिन्न गाउँपालिका र नगरपालिकामा ताला लगाइएको थियो । कुनै सूचना विना कार्यालयको ढोकामा पर्चा टाँसेर ताला लगाइएको थियो ।

    महाकाली नगरपालिकाका मेयर बीरबहादुर सुनारलेकति कतिखेर विदाको दिन भएकाले कसले कार्यालयको ढोकामा ताला लगाइदियो र ताला लगाउने पूर्व जानकारी पनि नभएको बताउनुभयो ।

    विप्लव समूहले कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ४ र ५ मा पनि ताला लगाएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले ताला लगाएको थाहा पाउने वित्तिकै प्रहरी पठाएर तोडिदिएको बताउनुभयो । उहाँका अनुसार कार्यालयमा भेटिएको पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेकोले ताला लगाइएको उल्लेख छ ।

    विप्लव समूहले अछामको मंगलसेन नगरपालिकाको वडा नम्बर १ र १३, पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ७, रामारोशन गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ मा गरेको तालाबन्दी पनि प्रहरीले तोडेको छ । मंगलसेन नगरपालिकाको वडा नम्बर १३ भने टाढा भएका कारण अहिलेसम्म तोडिएको छैन ।

    त्यहाँ जनताको कामभन्दा आर्थिक अनियमितता बढेको भन्दै फालिएको पर्चा कार्यालय परिसरमा फेला परेको छ । विप्लव नेकपाले डडेलधुरामा पनि केही स्थानीय तहमा तालाबन्दी गरेका छन् । आतिताल गाउँपालिका वडा नम्बर ३ र ८ तथा परशुराम नगरपालिका ७, ८, ९, १० मा तालाबन्दी भएको छ । परशुराम नगरपालिका वडा नम्बर ९ र १० को कार्यालयमा ताला लगाउनुका साथै शंकास्पद बस्तु पनि फेला परेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!