सुदूरपश्चिमको एउटा ठिटो जसले रवीन्द्रलाई यसरी चिने अनि बनाए मूर्ति (भिडियो कुराकानी)

5 June, 2019 22:16 | अन्तरवार्ता | comments | 50250 Views

केही गर्छु र गर्नुपर्छ भन्ने अभियानमा आइपरेका अनेकौं अबरोध चिर्दै विकास र समृद्धिको यात्रामा हिंडेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको कामकै सिलसिलामा फागुन १५ गते पाँचथरमा हेलिकोप्टर दुर्घटनामा परी निधन भयो ।

मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आइपर्ने जस्तोसुकै अबरोधको डटेर सामना गर्न तयार हुने स्व. अधिकारीले जनताको मन कसरी जित्नुभएको रहेछ भन्ने दृष्टान्त मूर्तिकार महेन्द्रबहादुर पुन हुन् ।

adsads

डडेल्धुराका विकट गाउँमा जन्मेका पुनले अधिकारीको निधनलगत्तै आफ्नो मन थाम्न सकेनन् र एउटा संकल्प गरे त्यो विकासप्रेमी, समृद्धिको संवाहक, हँसिलो र फूर्तिलो अभियन्तालाई जीवन्त तुल्याउनुपर्छ र लागिपरे मूर्ति बनाउन । झण्डै एक महिना अवधी लगाएर उनले अधिकारीको जीवन्त मूर्ति बनाए ।

उनले किन मूर्ति बनाए ? के अधिकारीभन्दा ठूला नेता थिएनन् र ? पुनको उत्तर छ मूर्ति जसको पनि बनाउन सकिन्छ तर स्वस्फूर्त रुपमा मूर्ति बनाउन मनले खाएको मान्छे हुनुपर्छ । स्व. अधिकारीको काम गर्ने शैली, विकासप्रेम र समृद्धिको अभियानले उनलाई आकर्षित गर्यो र लागिपरे अधिकारीको मूर्ति बनाउन ।

बाँकी विवरण यो भिडियोमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!