सुदूरपश्चिममा कोरोना कहर : खाद्य असुरक्षामा वृद्धि
कोभिड—१९ को कहरले सुदूरपश्चिम प्रदेशमा खाद्य असुरक्षा बढ्दै गएको छ । पछिल्लो समय यहाँ खाद्य असुरक्षाको अवस्था १५ बाट बढेर २३ प्रतिशत पुगेको एक अध्ययनले देखाएकोे छ । आर्थिक वर्ष २०७३/०७४ को तथ्याङ्क अनुसार यो प्रदेशमा खाद्य असुरक्षाको अवस्था १५ प्रतिशत रहेको थियो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीमा शुक्रबार आयोजित विश्व खाद्य दिवस कार्यक्रमा प्रस्तुत गरिएको प्रतिवेदनकाअनुसार कोभिड—१९ सङ्क्रमणका कारण प्रदेशमा प्रत्येक दश घरमा एक घरको आयआर्जनमा प्रतिकूल असर पुग्दा तीन घरको आम्दानी घटेको छ । यसैगरी कोरोना कहरले ११ प्रतिशत कृषि क्षेत्रमा काम गर्ने मजदूरको र २५ प्रतिशत गैरकृषि क्षेत्रमा काम गर्ने मजदूरको आम्दानी अवरुद्ध भएको छ ।


विश्व खाद्य कार्यक्रम ९एफएओ०ले सरकारसँगको समन्वयमा कोभिड—१९ले खाद्यान्नको अवस्थामा पारेको प्रभावका सम्बन्धमा अध्ययन गरेको जनाइएको छ । खाद्य अधिकारका क्षेत्रमा कार्यरत परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल ९याक नेपाल०का कार्यकारी निर्देशक डबल बमले खाद्य सुरक्षाका दृष्टिले सुदूरपश्चिम प्रदेश सुरक्षित रहे पनि कतिपय जिल्लाको जनसङ्ख्या यसको पहुँचमा पुग्न नसकिरहेको बताउनुभयो ।
प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये १६ लाख २९ हजार २०० जनसङ्ख्या खाद्यान्नको पहुँचमा पुग्न नसकेर असुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ । दलित, मुक्तकमैया तथा हलिया, एचआइभी सङ्क्रमित एकल महिला, जनजाति, राउटे, साना किसान, वादी, सोनाहा, अपाङ्गता भएका, अनौपचारिक क्षेत्रमा काम गर्ने र प्रकोप प्रभावित व्यक्ति खाद्य असुरक्षित समुदायका रुपमा रहेका छन् ।
बाजुरा, बझाङ, बैतडी र दार्चुलामा खाद्यको पहुँच पुग्न नसक्ने समस्या बढी छ । “कोभिड—१९ का कारण जीविकोपार्जनका स्रोतको उपायमा समेत असर पुगेको छ”, कार्यकारी निर्देशक बमले भन्नुभयो, “प्रभावित परिवार ऋणको खोजीमा रहे पनि उहाँहरुलाई कसैले पनि विश्वास गर्न सकिरहेको देखिँदैन ।”
खाद्यान्नको उपलब्धताका दृष्टिमा प्रदेशका पहाडी जिल्लाको अवस्था ऋणात्मक छ । तराईका दुई जिल्ला कैलाली र कञ्चपुरमा खाद्यान्नको अवस्था पर्याप्त छ । यी दुई जिल्लामा उत्पादन हुने खाद्यान्नले पहाडका जिल्लाको ऋणात्मक अवस्थालाई पूर्ति गर्ने गरेको छ । नेपालमा कमजोर खाद्य उपभोग र विविधता ९पोषणयुक्त खाना०का दृष्टिमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं २ नं बढी जोखिममा रहेको जनाइएको छ ।
कार्यक्रममा मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा हेमराज अवस्थीले विश्व खाद्य दिवस र खाद्यान्नको उत्पादन अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यो प्रदेशमा वार्षिक धान पाँच लाख ८४ हजार ४३३ मेट्रिक टन, गहँु तीन लाख आठ हजार ७३५, मकै एक लाख ११ हजार ९२७, तेलहन ३५ हजार ३२० र दलहन ४८ हजार ४०८, आलु दुई लाख सात हजार ९८१, उखु दुई लाख ४१ हजार १५७ र ताजा तरकारी तीन लाख ४५ हजार १३४ उत्पादन हुने गरेको छ । यस्तै प्रदेशमा पशुपछीजन्य पदार्थको उपलब्धतातर्फ दूध २४४ हजार, मासु ३१ हजार मेट्रिक टन र फुल नौ करोड गोटा उत्पादन हुने गरेको छ ।
सरकारले कृषिलाई प्रथमिकता दिएको छः मन्त्री चौधरी
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनितादेवी चौधरीले खाद्यान्नमा आत्मनिर्भर हुने व्यावसायिक कृषि विकासका कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
खाद्यान्न उत्पादन वृद्धिसँगसँगै खाद्य पोषण र सुरक्षामा पनि ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अब निर्वाहमुखी र परम्परागत खेती प्रणालीभन्दा व्यावसायिक खेतीमा लाग्न जरुरी भइसकेको छ ।”
कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खेगेन्द्रप्रसाद शर्मा लगायतले पनि खाद्यान्नको अवस्था र सुधार गर्नुपर्ने पक्षका विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।
‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ भन्ने नाराका साथ यस वर्षको विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइँदैछ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


