सुदूरपश्चिममा स्वास्थ्य र सुरक्षाकर्मी गरी २ सय ९ जना सङ्क्रमित

11 September, 2020 12:20 | प्रदेश , सुदूरपश्चिम प्रदेश | comments | 14550 Views

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् ।

कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटीस्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

  

त्यसैगरी स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको संम्र्पकमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्र्पक व्यक्ति हेमराज जोशीले बताउनुभयो । “यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरुको सम्र्पकमा आएका नौ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ ।” उहाँले भन्नुभयो–“यहाँ कन्ट्रयाक टेसिङबाट अहिलेसम्म १०६ जना सं सङ्क्रमित फेला परेका छन् ।”

त्यसैगरी कोरोना भाइरस स सङ्क्रमण न्युनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यहाँ सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी बझाङ्गमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक/एक, कैलालीमा २६ र कञ्चनपुरमा छ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीतर्फ डडेल्धुरा बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ । जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीमा पनि सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । “जनप्रतिनिधि र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा सङ्क्रमण देखिएको छ ।” कोभिड–१९ का सम्र्पक व्यक्ति जोशीले भन्नुभयो–“ भारतबाट अन्य मुलुकबाट आएका १०१ जनामा पनि यहाँसङ्क्रमण देखिएको छ ।”

त्यसैगरी ट्रावल हिस्ट्री नै नभएको ४२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार एक सय ४५ जनामा सङ्क्रमण देखिएकोमा बुधबारसम्म पाँच हजार नौ सय ९३ जना निको भइसकेका छन् । “एक हजार २६३ जनाको रिपोर्ट आउन बाँकी छ ।” उहाँले भन्नुभयो–“ यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।”

ती मध्ये २९५ जना आइसोलेसनमा बसिरहेका छन् । भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।सङ्क्रमित मध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या बढेपछि यहाँ समस्या हुने देखिएको छ ।

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरको अभाव छ । हालसम्म सुदूरमा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समुहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी एक हजार आठ सय ७५ जना २० देखि २९ बर्ष उमेर समुहका सङ्क्रमित रहेका छन् ।

३७ जना प्रहरीमा कोरोना

धनगढी स्थित सशस्त्र प्रहरी गण मुख्यालयका ३७जना प्रहरीमा आज कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सो गणमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले गणमा कार्यरत ७५जनाको स्वाबको नमूना दिइएकोमा ३७ जनामा कोरोना देखिएको जानकारी दिनुभयो । सङ्क्रमित प्रहरीलाई धनगढीमै रहेको प्रहरीको आवासीय विद्यालयको आइसोलेशनमा राख्न लागिएको छ । यो समेत गरी आज सुदूरपश्चिम प्रदेशमा ७०जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी,डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा कारोना सङ्क्रमितको कूल सङ्ख्या छ हजार २१५पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोभिड—१९वाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि ४७१ पुगेको छ । यस्तै अछाममा ४०, बैतडी ५६, बझाङ ७३, बाजुरा नौ, डडेलधुरा पाँच, दार्चुला सात, डोटी ४९, र कञ्चनपुरमा ३३ जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित ७४३ पुगेका छन् ।

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष(आइसियू)मा उपचाररत एक जना सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उहाँको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । आज सम्म प्रदेशमा पिसिआर पद्धतिबाट ६९ हजार ९७८ नमूनाको परीक्षण गरिसकिएको छ । नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२हजार ५१७ को दुई दशमलब ७२प्रतिशत हो ।कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा पाँच हजार ४६१ जना पुगेका छन् ।

हालसम्म कोरोनाका कारण कैलालीका छ, बझाङ र बाजुराका दुई, दुई र अछाममा एक जना समेत गरी ११ जनाको मृत्यु भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More