प्रधानमन्त्री कप प्रधानमन्त्री कप

  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप
  • प्रधानमन्त्री कप

सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रदेश ३ प्रधानमन्त्री कपको सेमिफाइनलमा

3 June, 2019 23:03 | खेल | comments | 10800 Views

प्रधानमन्त्री कप

प्रदेश नं ३ सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश ३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

adsads

जीतसँगै प्रदेश ३ समूह ‘ए’ को विजेता बनेको छ । टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनायो । १५५ रनको विजयी लक्ष्य प्रदेश ३ ले ३३ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ५३ रनको योगदान दिए । आदिल खानले अविजित ३३, कप्तान पारस खड्काले २६ रन, रवीन जोशीले १३, प्रतिश जिसीले ११ तथा जितेन्द्रसिंह ठकुरीले अविजित १२ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकास आग्री, शेर मल्ल, विनोद लामा र महेश अधिकारीले एक-एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै सुदूरपश्चिमका लागि खडक बोहराले ४०, रोशन अधिकारीले २७, नरेश बोहराले २६ तथा कप्तान शेर मल्लले १४ रन बनाए । बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन, प्रतिश जिसी र जितेन्द्रसिंह ठकुरीले दुई-दुई विकेट लिए ।

प्रधानमन्त्री कप : सुदूरपश्चिम र प्रदेश नं ५ ले अङ्क बाँडे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री कप

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!